Fri. Mar 29th, 2024

 अल नेपाल प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन मुलुकका ८० पर्दामा फिल्मको शतप्रतिशत अकुपेन्सी रह्यो । राजधानीमा कलाकारसँगै बसेर दर्शकले फिल्म हेरे । झण्डै २ वर्षसम्म पर्दामा नदेखिएका नायक प्रदीप खड्काको क्रेज हलमा गज्जबको देखियो ।
 
शुक्रवार विहान र दिउँसोको शो क्यूएफएक्सको काठमाडौं र मोफसल हल हाउसफूल थिए । मुख्य मल्टिप्लेक्सले शुक्रबार फिल्मलाई १६ सोज दिएको थियो । बुकिङमै दुई सोज सोल्डआउट भएका थिए । कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले दर्शकसँगै बसेर फिल्म हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् । शनिबार पनि फिल्मका अधिकांश सोज हाउसफूल छन् ।
 
निर्माता सन्तोष सेनले  भने, ‘प्रेमगीत २ हेरेपछि दर्शकहरुले दिनुभएको प्रतिक्रियाबाट निकै उत्साहित भएका छौं । दर्शकहरुले फिल्मको कथावस्तुदेखि प्रत्येक कलाकारहरुको भूमिका मन पराइदिनुभएको छ । क्यूएफएक्समा १७ शोज हाउसफूल भएको छ । मल्टिप्लेक्स र सिंगल सबैतिरबाट उत्कृष्ट प्रतिक्रिया पाएका छौं । फिल्म हेरिसकेपछि दर्शकहरुले ‘प्रेमगीत ३’ कहिले बन्छ भन्ने जिज्ञासा राख्नुभयो त्यो हाम्रो लागि निकै ठूलो सफलता हो ।’
 
यस्तै, नायक प्रदीप खड्काले दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । उनले भने, ‘फिल्ममा मेरो एक्सन, रोमान्सलाई मात्र होइन कमेडी पक्षलाई पनि उतिक्कै रुचाइदिनु भएको छ । सानोमा सानो कुराहरुलाई पनि दर्शकले मन पराइदिनुभयो । मेरो कमेडी पाटो दर्शकहरुका लागि सप्राइज बनेको छ ।’
 म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
 
 

Leave a Reply

%d bloggers like this: