Sat. Apr 27th, 2024

बर्ष ०७४ प्रतिक्षित सुचिमा रहेको चलचित्र ‘प्रेम गीत २’ १३ साउनबाट देशभर एकसाथ प्रदर्शन हुदै छ।अहिले प्रेम गीत २ व्यापक पब्लिसिटि मा  उत्रिएको छ प्रचारको सिलसिलामा मोफसलका नेपालगंज ,बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी लगायत दर्जन बढि शहरमा सांगीतिक धमाका सहितको कन्सर्ट सम्पन्न गरेको चलचित्र ‘प्रेम गीत २’युनिटले शुक्रबार र शनिबार उपत्यकाको बिभिन्न स्थानमा कन्सर्ट गर्यो  । शिर्ष भुमिकामा अभिनय गरेका कलाकार सहित चलचित्र युनिट कन्सर्टमा उत्रिए।
अहिले प्रेम गीत २ को ट्याटु र हेयर स्टायल मा प्रेम गीत २ लेखेको देख्न पाइन्छ भने नायक प्रदीपको नाममा फ्यानले  ट्याटु हानेको पनि देख्न सकिन्छ  ।यो क्रेजले फिल्मको व्यापार अत्याधिक हुन सक्ने आकलन गर्न सकिन्छ ।

प्रदिप खड्काले  कन्सर्टमा हजारौ युवतीहरुबाट घेरिएका उनले कन्सर्टबाट चलचित्रको प्रमोसन पनि हुने र दर्शकको कलाकारसँग तस्बिर खिच्ने, नजिकिने चाहाना पनि पुरा हुने धारणा राखे ।प्रेमकथाको बिषयमा निर्माण भएको चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । ‘प्रेम गीत’ अभिनयका कारणले दर्शकमा राम्रो क्रेज बनाउन सफल प्रदीपको यो महत्वकांक्षी चलचित्र पनि हो । हरेक पक्ष उत्कृष्ट रहेको दाबी गरिएको चलचित्र बर्मा, थाइल्याण्ड र नेपालका महँगा मानिएका लोकेसमान छायाँकन गरिएको छ । चलचित्रको ट्रेलरमा समेटिएको एक्सन हेर्दा पनि अभिनेता प्रदीप ढलेको दृश्य निकै रोचक छ । प्रदीपको भुमिका कस्तो छ, प्रदीपलाई त्यसरी हिर्काउने ब्यक्ति को हुन्, उक्त दृश्यको चलचित्रमा के महत्व छ भन्ने जस्ता कौतुहलता ट्रेलरले दर्शकमा जगाउन सफल देखिन्छ ।
 

Leave a Reply

%d bloggers like this: