Fri. Apr 19th, 2024

चलचित्र ‘सायद २’की अभिनेत्री स्यारोन श्रेष्ठले निर्माता सुनिल रावलले आफुमाथि खराब नियत प्रस्तुत गरेको बताए पछि अहिले आम दर्शक, चलचित्रकर्मी साथै केहि चलचित्र पत्रकारहरु उल्टै श्यारोन माथि खनिन थालेका छन् । उनले बिहिबार आफ्ना नजिकका केही पत्रकारको भेला गरेर गलत नियतले ब्यवहार गरेको बताइन् ।
उनले निर्माता रावलले सुटिङ सेटमा आफुलाई जिस्काउनेदेखि आफ्नो गर्लफ्रेन्ड बन्न दबाब दिनेसम्म गरेको आरोप लगाएकी छन् । ‘निर्माता रावलको गलत ब्यवहारका कारण म सुटिङ छोड्न तयार थिए’ उनले भनिन्– ‘निर्माताले मेरो गर्ल फ्रेन्ड बने एयर होस्टेजसम्म बनाई दिन्छु भने ।’यता, चलचित्रका निर्माता सुनिल रावलले भने स्यारोनको आरोप गलत भएको दाबी गरे । आरोपको खण्डन गर्दै रावलले स्यारोनले किन आफुलाई यस्तो आरोप लगाएको बुझ्न नसकेको बताए ।
‘चलचित्र ‘सायद २’ हिट हुन्छ, आफु चर्चामा आउँछु भने सोच स्यारोनको थियो’ निर्माता रावलले भने, ‘ब्यवसायले सो चर्चा दिलाउन नसकेपछि उनले चर्चाको लागि यी आरोप लगाएकी हुन् ।’ ‘मैले उनीप्रति गलत नियत गरेको भए चलचित्र प्रदर्शन अगाडि यी कुरा ल्याउन सक्थिन्’ निर्माता रावलले थपे ‘यसले पनि उनको नियत प्रष्ट हुन्छ ।’

Leave a Reply

%d bloggers like this: