Thu. Mar 28th, 2024

आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दो ‘म्युजिक स्टेट स्टुडियो’ संचालनमा आएको हो ।पछिल्लो समयको बढ्दो आवश्यकतालाई देखेर राजधानी स्थित डिल्लीबजारमा नयाँ स्टुडियो संचालनमा आएको छ । गीतकारसंगै सञ्चारकर्मी समेत रहेका नरेश भट्टराई र गायक अनिल सिंहले संयुक्त रुपमा संचालनमा ल्याएको यस स्टुडियोलाई आज एक कार्यक्रम बीच गीतकार तथा बरिष्ठ पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्ससंगै गायक अनिल र सञ्चारकर्मी नरेशले संयूक्त रुपमा स्टूडियोको नाम सार्वजनिक गर्दै औपचारिक शुभारम्भ गरे ।स्टूडियोमा गीत रेकडिङ्ग, टिभी कार्यक्रम, युट्युब कार्यक्रम निर्माण गरिनेछ । सञ्चालक मध्येका एक नरेश भट्टराईले स्टूडियोबाट नेपाली फिल्मको विदेश प्रदर्शनको समेत काम हुने बताए ।

Leave a Reply

%d bloggers like this: