Sun. Feb 23rd, 2025

चलचित्र ए मेरो हजुर -२ ले थियट्रीकल  ट्रेलर साउन ६ गते शुक्रबार रिलिज गर्ने तयारी गरेको छ l  विश्वको सर्बाधिक उचाइमा रहेको तिलिचो तालको मनोरम दृश्यमा छायांकन गरियको नेपालको पहिलो चलचित्र ए मेरो हजुर-२ ले आफ्नो सम्पूर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको छ l सुहाना इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त चलचित्रमा सुनिल कुमार थापाको प्रोडक्सन र झरना थापाको निर्देशन रहेको छ भने  कलाकारहरुमा  साम्रगी राज्य लक्ष्मी शाह ,सलोन बस्नेत,सलिनमान बानिया , अमर सुबेदी,सुमन पौडेल,बुद्धि तामांग ,विल्सन बिक्रम राई आदि रहेका छन l फिल्मका सम्पूर्ण रिलिज गरिएका गित हिट भए यता निर्माण पक्ष एकदमै उत्साहित भएका छन् भने दर्शकहरु पनि फिल्म प्रदर्शनको प्रतीक्षामा रहेको अनुमान लाउन सकिन्छ lफिल्म भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको छ l

Leave a Reply