Thu. Mar 28th, 2024

फिल्म ‘सायद’बाट फिल्म निर्माणमा हात हालेको यो व्यानरले ‘होस्टेल’, ‘होस्टेल रिटर्नस’ हुँदै ‘सायद २’ सम्म आइपुग्दा सबै फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।दुर्गिश फिल्मस्लाई एउटा अनौठो संयोग जुरेको छ । आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म ‘सायद २’ले सेन्सर बोर्डबाट मंगलबार ‘पिजी’ सर्टिफिकेट पाएको हो । यो सर्टिफिकेट पाएपछि यो फिल्म हेर्न बालबालिकाले अभिभावक लिएर जानुपर्ने हुन्छ ।

फिल्म निर्माता सुनिल रावलले फिल्मले ‘पिजी’ पाउनु सफलताको सूचक रहेको बताए । ‘मैले बनाएका अहिलेसम्मका सबै फिल्मले सेन्सरबाट ‘पिजी’ सर्टिफिकेट पाएका छन् । सबै फिल्मले उत्कृष्ट व्यापार गरेका छन्,’सुनिलले भने,‘सायद २ ले पनि पिजी नै पाएको छ । यो हाम्रा लागि एउटा सुखद संकेत हो । फिल्म पनि राम्रो बनाएका छौं । दर्शकले अवश्य रुचाउनुहुनेछ ।’
फिल्मकी प्रस्तुतकर्ता दुर्गिश थापा हुन् । बलिउडका धेरै फिल्ममा मूख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका पुष्पराज न्यौपाने निर्देशित फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरको अभिनय छ । फिल्ममा सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछानेको लगानी छ भने हेमदेव गौतम र कृष्ण प्रधान सहनिर्माता छन् ।

Leave a Reply

%d bloggers like this: