Thu. Apr 25th, 2024

नेपाल आइडलले बजार तताईरहेकै बेला उदयमान गायक तथा नेपाल आइडलका कन्टेस्टेन्ट सुरज थापाको पनि चर्चा परिचर्चा अहिले खुब चलिरहेको  छ l नेपाल आइडलको सम्भावना बोकेका थापालाई दर्शकले नेपाल आइडलको दाबेदार भन्न थालिसकेका  छन् l जजहरुको तारिफ र दर्शक स्रोताको  माया पाएका थापाले  गाला राउण्ड पार गरिसकेर  अहिले जनताको भोटको अपिल गरिरहेका छन  सुरज  थापालाई जिताउन मोबाइलको मेसेज बक्समा गै उनको कोड १७ टाइप गरि ३५२२५ मा मेसेज गर्नुपर्ने हुन्छ l हरेक प्रकारका गित गाउन सक्ने एउटा अब्बल गायकका रुपमा सुरज थापालाई लिन  सकिन्छ l उनले गाएको “बहुला म बहुला “गित एकदमै चर्चित गित हो जसमा सौगात मल्ल र प्रियंका कार्कीले अभिनय रहेको छ l सामान्य घरमा जन्मिएका थापाले आफ्नो बल, बुद्दि र मेहेनतले संघर्ष गर्दै नेपाल आइडल सम्म आइपुगेका तथ्य विभिन्न संचार माध्यमद्वारा पुष्ट्याईएको पाइन्छ l नेपाल आइडलमा सुरजको पर्फर्मेन्स एकदमै प्रसंसनिय रुपमा अगाडी बढेको छ l

Leave a Reply

%d bloggers like this: