बहु प्रतिक्षित फिल्म सायद २ को प्रदर्शन मिति एकदमै नजिक आइपुगेको दर्शकको आतुर र निर्माण पक्षको उत्साह बढेको छ ।असार ३० मा अल नेपाल रिलीज हुन लागेको चलचित्र ‘सायद–२’ ले देश विदेश आफ्नो सम्पुर्ण प्रोमोशनको काम सकाएर रिलीज गर्न मात्र वाकी रहेको छ । सायद ,होस्टेल ,होस्टेल रिटनस जस्ता सुपरहिट चलचित्र दिईसकेको दुर्गिस फिल्मको चौथो प्रस्तुति सायद २ हो फिल्म रिलिज हुनु अगाडि नै चलचित्र हिट भैसकेको छ । नेपालभरिका धेरैजसो युवाहरु यश फिल्मको पब्लिसिटीमा लागिरहेका छन भने अझै यो कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ । यो फिल्मले बलिउड लाई समेत ट्क्कर दिन सक्ने अनुमान लगाउछन केही युवा पुस्ताहरु । मानिसहरु फिल्म हेर्दा ३ घन्टा पुर्ण मनोरञ्जन लिन चाहन्छ र मान्छे मनोरञ्जन कै लागि फिल्म हेर्ने गर्दछन । दुर्गिस फिल्मलाई एउटा ब्रान्ड मान्न सकिन्छ।
निर्माता सुनिल रावलले , ‘अव रिलीज गर्ने वाहेक अरु केही काम नरहेको बताए , चलचित्रको टेक्निकल्ली कुराहरु सवै सकाएका छौं ।’ यसअघिका होस्टेल, सायद, होस्टेल रिर्टन्स् चलचित्रले नेपाली चलचित्रको वक्स अफिसमा धमाका व्यापार गरेपछि चलचित्र युनिटले सायद २ वाट पनि उस्तै अपेक्षा गरेको छ । तर, निर्माण युनिट चलचित्र चल्नेमा पुर्ण विश्वस्त रहेको जानकारी दिएको छ । दुर्गिस् फिल्मसले वनाएको चलचित्रमध्ये यो पुर्ण रुपमा युवापुस्ता लक्षित लभस्टोरी मुभी हो, रावलले भने, ‘मैले कहिल्यै दर्शकलाई वासि विषयवस्तुमा झुक्काउनु छैन, यो पुर्ण ताजा विषयवस्तु तर यथार्थ घटनामा आधारीत सिनेमा हो ।’अहिले दर्शकसँग प्रत्यक्ष भेटेर सायद २ का वारेमा जानकारी दिईरहेको पनि बताए ‘वाहिर राम्रो, भित्र नराम्रो भयो भने त्यसले भविष्यमा असर गर्छ, हामीले जे कुरा हो, प्रत्यक्ष रुपमा दर्शकलाई भनेका छौं ।निर्माता रावलले चलचित्रको वारेमा वनाईएको १ लाख पम्प्लेट देशैभरी वाडिसकेको वताए । उनले खासगरि युवापुस्तालाई मधयनजर गरि चलचित्र निर्माण गरिएकाले युवापुस्तालाई प्रत्यक्ष रुपमा यो पम्प्लेट वाडेको बताए । भेटमा अधिकासं युवापुस्ताले चलचित्र हेर्न आतुर रहेको बताएका छन् ।
होस्टेल रिर्टन्समा देखिएका नायक शुशिल श्रेष्ठ दुर्गिस् फिल्मस्को व्यानरवाट फेरी देखिदैछन्, सायद २ मा । उनले यो चलचित्रले नेपाली ईतिहासमा सर्वाधिक व्यापार गर्ने सिनेमा हुने ठोकुवा गरे । कारण के हो ? उनले भने, ‘सायद २ चलचित्रमा मैले अहिलेसम्मकै सवैभन्दा वढि मिहेनत गरेको चलचित्र हो, फिल्मको कथा पनी अहिलेसम्म नसुनेको तर यर्थाथ घटना भएकाले यो चलचत्रिको माउथ पव्लीसिटीकै कारण पनी चल्नेछ ।’ उनले भने, ‘पोखरा, काठमाण्डौंका अधिकासं आकर्षक सिनहरुमा फिल्म खिचीएको छ भने कलाकारहरुले साच्चीकै अभिनय गरेका छन् ।’
चलचित्र प्रचारप्रसारको क्रमलाई तीव्र पारेको निर्माण पक्षले नयाँ तरिकाले चलचित्रको प्रोमोशन मात्रै गरेको छैन, आक्रामक प्रमोशन गरेको छ । अधिकासं युवापुस्ताको फेसवुकमा चलचित्र ‘सायद–२’ को प्रोफाइल फोटो बनाएको देख्न सकिन्छ ।
चलचित्र ‘सायद–२’ फेसबुकमार्फत दर्शक तथा समाजिक सञ्जालका प्रयोगकर्तासँग जोडिन पुगेको छ । ‘दर्शकलाई चलचित्रसँग प्रत्यक्ष जोडिने प्रयास गरेका छौं, निर्माता रावल भन्छन्, ‘दर्शकहरुले पनी सायद २ लाई वहुप्रतिक्षीत चलचित्र वन्न सकेकोमा खुसी व्यक्त गरे । चलचित्रको प्रोफाईल तस्विर वनाउने २ जनालाई लक्की ड्र मार्फत पोखरा घुम्ने व्यवस्था गरेका रावलले पुर्ण रुपमा फिल्मको प्रमोशनमा लागेका ३ युवालाई वैंकक टुरका लागी छानिसकेको छ ।पुष्पराज न्यौपानेले निर्देशन गरेका चलचित्रमा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।
युवापुस्ता लक्षित सायद २ ले यसअघि जापान, अष्ट्रेलिया प्रिमीयर शो मा सम्पुर्ण लगानी उठाएपनी नेपाली युवापुस्ता दर्शकका लागी यो छुट्नै नहुने चलचत्रि भएको बताए । सिनेमा असार ३० मा अल नेपाल रिलीज हुदैछ । चलचित्रले व्यापारीक रुपमा सफलता पाउनेमा ढुक्क वनेका सुनिल रावलले यो सफलताको श्रेय दर्शकहरुलाईनै दिन्छन् ।
