Thu. Apr 25th, 2024
 फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ अब रिलिजको तयारीमा छ । संगीतका कारण चर्चामा थियो चलचित्र ‘प्रेमगीत’ । संगीतकै कारण निर्माता सन्तोष सेन निर्मित यो चलचित्रले दर्शकको मन जित्यो र व्यापारिक रुपमा पनि सफलता हासिल गर्‍यो । निर्माता सेन साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’मा पनि संगीतको जादु फर्काउने कोशिशमा छन् ।साउन १३ गतेलाई रिलिज डेट लक गरिएको ‘प्रेमगीत २’ को दुई गीत सार्वजनिक समेत भैसकेका छन् ।  गीतबाट नै यसवर्षको प्रतिक्षित सिनेमाको रुपमा हेरिएको ‘प्रेमगीत २’ को तेस्रो गीत रिलिज भएको छ । ‘विस्तारै-विस्तारै’ बोलको गीतमा रोहितजोन क्षेत्रीको शब्द, संगीत र स्वर छ ।
गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा रारा तालको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतको भिडियोमा प्रदीप र अश्लेषाको केमेष्ट्री गजबको देख्न सकिन्छ । आशुसेन पिक्चर्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । पटकथा पनि पाठककै हो । यो फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ । यो गीतमा रारा तालको सौन्दर्यलाई विशेष फोकस गरिएको छ ।
निर्माता सेनले यो गीतको माध्यमबाट मुगुमा रहेको रारा तालको पर्यटकिय विकासमा समेत टेवा पुग्नेछ । चलचित्रको गीत औषत छ । तर, भिडियोले दर्शकको आँखा शित्तल बनाइदिएको छ । प्रदिप खड्काका फ्यानलाई उनको निलो आँखाले तान्न सक्छ ।
रामशरण पाठकले निर्देशन गरेको यो चलचित्रले यसपटक पनि रोमान्टिक कथा भन्नेछ । तर, यसपटक निर्माता सेनले प्रेमको कथालाई थाइल्याण्ड, बर्मा र नेपालमा फैलाएका छन् ।

Leave a Reply

%d bloggers like this: