Fri. Apr 19th, 2024

फिल्म ‘डायरी’ जेठ ५ गते शुक्रबारदेखि अल नेपाल रिलिज भएको छ । रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह स्टारर यो फिल्म करिब ८० वटा हलहरुमा प्रदर्शन भएको छ । अनिल योञ्जन निर्देशित ‘डायरी’ रिभेञ्ज लभ स्टोरी फिल्म हो ।एफडी कम्पनीले मोफसल वितरण लिएको ‘डायरी’ त्यहाँका करिब ६५ वटा हलहरुमा लागेको छ भने राजधानीका करिब दुई दर्जन हलहरुमा लागेको छ । सोलो रिलिजको मौका पाएको फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने अपेक्षा गरिएको छ । ‘डायरी’ को ट्रेलरले दर्शकको मन जितेको छ । शिवराज श्रेष्ठको सिनेम्याटोग्राफी रहेको फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । फिल्मको कथा लेखन छेतेन गुरुङको हो । शुक्रबार सम्पूर्ण हलहरु खचा खच भएका थिय भने भोलि शनिवार सम्पूर्ण हलहरु हाउसफुल हुने आकलन गरिएको छ l समग्रमा फिल्म डायरीलाइ दर्शकहरुले एकदमै रुचाएका प्रतिक्रिया आएको छ l

Leave a Reply

%d bloggers like this: