Thu. Mar 28th, 2024

सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को अफिसियल प्रदर्शन मिति तय भएको छ फिल्म असार १६मा रिलिज हुने पक्का भएको छ ।।फिल्म रिलिज को पूर्ण तयारीमा रहेको चलचित्र ‘कारखाना’ को टीमले अब चाडै प्रोमो रिलिज गर्ने तयारिमा रहेको छ l
फिल्म ‘कारखानामा लिड कलाकार सुशिल र बर्षाको प्रेमभाव झल्किन्छ भने फिल्मको यसअघि सार्वजनिक ‘मायाले बोलेको’ बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ । फिल्मलाइ अमरदिप सापकोटाले निर्देशन गरेका हुन् ।गोविन्द शाहीले फिल्मको वितरण जिम्मा लिएका छन् ।लगानीमा दिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्काले साझेदारी गरेका छन् फिल्ममा बर्षा र सुशिलसँगै जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा छन् भने दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिचेका हुन् । विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा फिल्मको मुल विषयवस्तु हो ।

Leave a Reply

%d bloggers like this: