Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
जेठ १९ गतेको प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “तारेभीर” ले आफ्नो पहिलो बिशेष प्रदर्शनी शो धरानमा भब्य र शब्य रुपमा समापन गरेको छ । चलचित्रको बिशेष प्रदर्शनी शो हेर्नको लागि अधिक दर्शकहरुको उपस्थिति रहेको थियो । चलचित्र हेरिसकेपछि सबैले चलचित्रको खुलेर प्रशंसा समेत गरेका छन् । नेपाली सामाजिक कथामा आधारितको साथमा नारी प्रधान चलचित्र समेत रहेको कुरा अधिकांश दर्शकहरुले बताए । चलचित्रको गीत संगीत पक्षे पनि निकै अब्बल रहेको कुरा त्यहाँ उपस्थित दर्शकहरुले बताएका छन् । यस्तै चलचित्र आफुहरुलाई अधिक मनपरेको र जेठ १९ गतेको प्रदर्शनमा आफुहरु फेरी एकपटक यस चलचित्र हेर्न सिनेमा घर सम्मान जाने कुरा पनि सबैले उल्लेख गरेका छन् ।
taarebhir
यस्तै निर्माता देउ कृष्ण देवानको अनुसार धरानमा चलचित्रलाई सबैले निकै मनपराएको र दर्शकहरुको मागले गर्दा अझै केहि शो पुन त्यहाँ संचालन गराउने कुरा समेत भईरहेको कुरा बताए । यस्तै चलचित्रको धरानमा मात्र नभएर अरु धेरै ठाउँमा पनि बिशेष शो प्रदर्शनी हुने कुरा समेत उनले जानकारी दिए । यस्तै आफ्नो चलचित्रको बिशेष शो प्रदर्शनीमा आइदिएर चलचित्र हेरेर मनपराएर राम्रो प्रतिक्रिया दिनुभएकोमा उपस्थित सबैले उनले हृदय देखि नै धन्यवाद समेत दिएका छन् ।
taarebhir
नेकस्ट जेनेरेसन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायतको कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाई प्रेम सुब्बाले निर्देशन गरेका छन् । चलचित्रका निर्माता भने देउ कृष्ण देवान हुन् ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: