एक अर्काको मायामा हसन र निशाको मन भयो “बाबरी बाबरी”

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र आफ्नो “बाबरी बाबरी” बोलको लिरिकल गीत बाहिर सार्वजनिक गरेको चलचित्र “रोमियो” ले अहिले त्यसै गीतको पुरा भिडियो बाहिर सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा हामी नायिका निशा अधिकारी र नायक हसन राजा खानको मायाको लहरहरु हेर्न सक्छौ । उक्त गीतमा शब्द मुकेश राईको रहेको छ भने तारा प्रकाश लिम्बुले यसमा संगीत भरेका छन् । गीतमा सन्तोष लामा र मेलिना राईले आफ्नो स्वर दिएका छन् ।
शंकर कार्कीको प्रस्तुति तथा निर्देशन रहेको चलचित्रमा हसन राजा खान , निशा अधिकारी , ओशिमा बनु , विकास खतिवडा , बिपिन मिकी गुरुङ , मेलिना मानन्धर , अफिसा श्रेष्ठ , श्रद्धा सिलवाल , श्यालीन मनाधर लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । किरण माईकल घिमिरेको कथा रहेको चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् । चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् भने सुरेश न्यौपाने चलचित्रको सहायक निर्देशक रहेका छन् । चलचित्रको निर्माता एच.आर.के प्रोडक्सन रहेको छ ।
चलचित्रको टिजर र एउटा गीत भने केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ । चलचित्र रोमान्टिक जेनेरा र इमोशनको मिश्रणमा तयार भएको कुरा निर्माण पक्षेले बताएको छ । चलचित्रको गीत संगीतले पनि यति बेला चर्चा कमाईरहेको छ । निर्माण पक्षेको अनुसार चलचित्र बैशाख २९ गते देखि देशभरका हलहरुबाट एकसाथ प्रदर्शनमा आउने छ ।
हेर्नुस गीत :

Leave a Reply