Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शनको लागि तयारी अवस्थामा रहेको भनेता पनि चलचित्र “साया” तोकिएको मितिमा प्रदर्शन हुने सकेन । केहि आन्तरिक प्राविधिक कारणले गर्दा चलचित्र मिति अलि पछिको लागि सार्न परेको कुरा निर्देशक प्रमिश गुरुङले बताएका छन् । चलचित्र अब भने चैत्र ४ गते प्रदर्शन हुने कुराको संकेत निर्देशक प्रमिश गुरुङले देखाएका छन् । यसै बीच चलचित्र युनिटले केहि समय अगाडी सार्वजनिक आफ्नो “बोल बोल काले” बोलको गीतको फन्नी कवर भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षेको अनुसार बिजयी हुने समुहले वा व्यक्तिले २ लाख नगद पुरस्कार जित्ने छन् ।
saya
गडी माई फिल्म्सको प्रस्तुतिको साथमा सुप्रमिश पिक्चर र द एक्टर गिल्ड नेपालको निर्माण रहेको चलचित्रमा प्रमिश गुरुङ , उमेश तामाङ , टिना श्रेष्ठ , पुस्कर गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्माता तर्फ भने राम कृष्ण मगर र प्रमिश गुरुङ रहेका छन् ।
saya
हाम्रो नेपाली सामाजिक कथा वस्तुमा आधारित रहेर चलचित्रको निर्माण गरिएको कुरा निर्माण पक्षेले बताएको छ । चलचित्रमा सस्पेन्स थ्रिलरको साथमा कमेडी र लव स्टोरी पनि मिश्रण गरिएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: