Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
देशमा भन्दा बढी नेपाली यति बेला बिदेशमा छन् | तर बिदेशी भूमिमा समेत उनीहरुले नेपाली कला संस्कृतिलाई भने बिर्सेका छैनन् | अर्काको देशमा गएर दुख गरेर समेत नेपाली गीत संगीतमा समय खर्चिने धेरै व्यक्तिहरुको सुची हामी माझ रहेको छ | त्यहि सुची भित्र पर्न सफल एक नाम हो रचनाकार तथा निर्देशक गोपी दाहाल | बहुमुखी प्रतिभाको धनि उनि निरन्तर रुपले नेपाली गीत संगीतमा अग्रसर रुपमा लागिपरीरहेका छन् | धेरै उत्कृष्ट गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुलाई प्रस्तुत गरेर सबैको मनमा आफ्नो छुट्टै पहिचान बनाईसेका उनले आफ्नो प्रस्तुतिलाई अझै बढी निखार्दै गईरहेका छन् | त्यसको फलस्वरूप उनले अब चाडै नै नेपाली दर्शक श्रोताहरुको लागि नया गीत बाहिर लिएर आउदै छन् |
gopi-dahal
उनले अहिलेका चर्चित संगीतकार राजन राज शिवाकोटीको टिम अपमा आफ्नो नया गीत बाहिर सार्वजनिक गर्ने तयारीमा रहेका छन् | उनले यो भन्दा अगाडी पनि राजन राज शिवाकोटी संग काम गरिसकेका छन् जसले एकदमै राम्रो फल समेत दिएको छ | आफ्नै शब्द स्वरमा सजिएको यसपटकको गीत भने बेग्लै रहेको र नयापन र पृथक शैलीको मिश्रण भएको कुरा गोपी दाहालले बताएका छन् | गीतलाई आमोस तामाङले अरेन्ज गरेका छन् | गीतको सबै काम सकिएर अहिले लगभग अन्तिम चरणमा रहेको छ | रेकर्डिङ कार्य संगै गीतको म्युजिक भिडियोको छायांकन समेत भर्खरै मात्र सकिएको छ | म्युजिक भिडियोमा भने उनले नेपालबाट निर्देशक राजिव के श्रेष्ठ संग टिम अप गरेका छन् | राजिव के श्रेष्ठको नामको चर्चा उनको कामबाट हुन्छ | बिल्कुलै फरक सोच र शैलीमा काम गर्ने उनको खुबीबाट यति बेला धेरै प्रभावित पनि छन् |
rajan-raj-shiwakoti
गीतको म्युजिक भिडियो निकै नै राम्रो तयार भएको गोपी दाहालको पुष्टि रहेको छ | ज्ञानेन्द्र शर्माको छायांकन र राजिव के श्रेष्ठको निर्देशनमा सुशान्त कार्की र श्रेया कार्कीले सुन्दर अभिनय प्रस्तुत गरेका छन् | गीतमा नृत्य निर्देशनको काम विक्रम मालकीले गरेका छन् | गीतको म्युजिक भिडियोको छायांकनको केहि तस्बिरहरु पनि बाहिर सार्वजनिक भएको छ | उक्त तस्बिरहरुबाट पनि हामी छायांकनको केहि अनुमान लगाउन सक्छौ | गीतको भावलाई म्युजिक भिडियोमा सुन्दर ढंगले उतार्दै गीतलाई पूर्ण रुपमा न्याय गर्ने प्रयास आफुले गरेको कुरा निर्देशक राजिव के श्रेष्ठले बताएका छन् | यस्तै आफु सबैको काम देखि सन्तुष्ट रहेको र आफ्नो अबको यस प्रस्तुति देखि आफुले निकै आशा राखेको कुरा गोपी दाहालले उल्लेख गरेका छन् | धेरै कुरा समेटेर र अधिक मेहेनत गरेर यस गीतको निर्माण गरेको र अहिलेको दर्शक श्रोताहरुको टेस्टलाई पूर्ण रुपमा मध्य नजर गरेको कुरा समेत उनले बताएका छन् |
gopi-dahal
बिदेशमा रहेर समेत नेपाली गीत संगीतमा अधिकतम सक्रिय रहेको व्यक्तिहरुको सुची पल्टाउदा उनको नाम अगाडी आउन जान्छ | निरन्तर रुपमा उनको गीत संगीत बाहिर आउने क्रम जारी नै छ | उनको मेहेनत र लगनको हिसाबले दर्शक श्रोताहरुले पनि उनलाई धेरै माया र साथ दिइरहेका छन् | त्यहि माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन सक्ने कुरा गोपी दाहालले प्रष्ट पारेका छन् | आफ्नो पहिलेको सबै गीतहरु भन्दा यस गीतमा धेरै हद सम्म फरक पनको महसुस सबैलाई हुने विश्वास उनले व्यक्त गरेका छन् | केहि नया कुराको मिश्रणको साथमा संगीतको भागमा पनि नया उपयोग गर्न खोजिएको उनको ठम्याई रहेको छ | अहिलेका नेपाली दर्शक श्रोताहरुको टेस्ट र चाहनालाई धेरै राम्रो संग बुझेका उनले आफ्नो यसपटकको प्रस्तुति सबैलाई धेरै नै खुशी तुल्याउने उनको तर्क रहेको छ |
gopi-dahal
उनि एउटा कुशल रचनाकार हुन् त्यस पश्च्यात उनले निर्देशकको रुपमा पनि पाईला राखे अब आएर उनि आफ्नो स्वरको जादु चलाउन तम्तयार छन् । यो सबै कुराको तात्पर्य हो कि यसपटक उनको गीत उनको आफ्नै स्वरमा सजिएको छ । यो कुराको लागि उनि निकै उत्सुक पनि रहेका छन् । उनको शब्द रचनाले सबैको मन छोइसकेको छ अब उनको स्वरको जादुले कतिको मन जित्ने हो त्यो हेर्नको लागि भने केहि समय पर्खिनै पर्ने हुन्छ । यस्तै गीतमा समावेश शब्द पनि गीतको अब्बल पक्षे रहेको कुरा उनले जानकारी दिएका छन् । यस्तै उनले आफ्नो गीत निर्माणमा सहयोग गर्ने एन.के ब्रोदर्स ग्रुप , बाल दाहाल , झरी बास्कोटा , भिम धिमाल , लोक बजगाई , कुबिर धिमाल र बिष्णु धौराली लगाएतका व्यक्तिहरुलाई धन्यवाद दिदै उहाहरु प्रति हृदय देखि आभार प्रकट गरेका छन् |
gopi-dahal
उनि यति बेला अमेरिकामा बसोबास गर्दछन् तर माया भने देश नेपाल र नेपाली कला संस्कृतिको उनलाई धेरै नै छ | नेपाली गीत संगीत पहिलो प्राथमिकतामा पर्ने बताउने उनको त्यहाँ हुने संस्कृतिक कार्यक्रममा उल्लेखनीय उपस्थिति रहने गर्दछ | त्यसको साथमा उनले आफ्नो पहलले पनि धेरै नेपाली संस्कृतिक कार्यक्रमहरुको आयोजना त्यहाँ गरिसकेका छन् | यसको अर्थ उनले आफ्नो काम संगै नेपाली कला संस्कृतिको जगेर्ना पनि बरोबर गरिनै रहेका छन् | आगामी दिनहरुमा अझै राम्रो प्रस्तुति बोकेर आउने र सधैब नेपाली गीत संगीतमा नै आफ्नो जीवन व्यतित गर्ने प्रतिबध्ता उनले जाहेर गरेका छन् | सधैझै अब आउन लागेको आफ्नो नया प्रस्तुतिलाई दर्शक श्रोताहरुले सुनेर हेरेर अधिक माया प्रदान गरिदिनुहुने विश्वास उनले राखेका छन् | त्यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सुनेर मनमा लागेका प्रतिक्रिया जस्ताको त्यस्तै आफुलाई प्रदान गरिदिनुहुन सबै नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: