Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
मकर संक्रान्तिको अवसर पारेर माघ १ गतेको दिन चलचित्र “लप्पन छप्पन” ले आफ्नो पहिलो ट्रेलर युटुब मार्फत सार्वजनिक गर्यो । त्यसपछिको माहोल पुरै परिवर्तन भयो । चलचित्रले ट्रेलर सार्वजनिक गरेको १५ घण्टा बित्न नपाउदै करिब १ लाख भन्दा बढी दर्शकहरुले ट्रेलर हेरेका छन् ।
lappan-chappan
यसै गरि चलचित्रको ट्रेलर हेरेपछि कमेन्ट गर्नेको पनि ओईरो लागेको देखिएको छ । चलचित्रलाई करिब २००० भन्दा बढी व्यक्तिले लाईक मात्र गरेका छन् । कमेन्टमा दर्शकहरुले अब भने नेपाली चलचित्रको मुहार फेरिदै छ र अब नेपालीहरुले हिन्दी तथा बिदेशी चलचित्रलाई बाईबाई गर्ने अवस्था आएको कुरा पनि बताएका छन् । यस्तै दर्शकहरुले अब चलचित्रको अधिक पर्खाई रहेको कुरा पनि कमेन्टमा लेखेका छन् । यो हिसाबले चलचित्रले आगामी दिनमा दर्शकहरुको ठुलो साथ पाउने भने निश्चित देखिन्छ । यस्तै चलचित्रको कस्तो होला भनेर यति बेला सबैको मनमा जिज्ञासा उत्पन्न भएको देखिन्छ । नेपाली चलचित्र जगतमा अभिनयका बादशाह भनेर चिनिने त्रिमुर्ति दयाहाङ राई , सौगात मल्ल , अर्पण थापालाई एकसाथ पर्दामा त्यो पनि फरक अवतारमा हेर्न दर्शकहरु निकै उत्साहित रहेका छन् ।
lappan-chappan
त्यसै गरि सार्वजनिक ट्रेलरमा देखाइएको लोकेशनले पनि धेरैको मन लोभ्याएको छ । बिदेशी भूमिको रमणीय दृश्यहरु यसरी आफ्नो देशमा बसेर हेर्न पाउदा दर्शकहरु पनि निकै खुशी छन् । यस्तै कमेन्ट हेर्दा दर्शकहरुले चलचित्रबाट धेरै कुराको आश गरेको देखिन्छ । चलचित्रले अब भने नेपाली चलचित्रको मुहार फेर्ने संगै चलचित्रको स्तर पनि धेरै माथि सम्म लिएर जानेमा दर्शकहरु निकै आशावादी देखिनछन् ।
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रका निर्देशक मुकुन्द भट्ट हुन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ । चलचित्र यहि आउदो चैत्र ११ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउदै छ |
lappan-chappan
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: