Sat. May 11th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र जगतमा अभिनयका बादशाह भनेर चिनिने त्रिमुर्ति दयाहाङ राई , सौगात मल्ल , अर्पण थापाद्वारा अभिनित बहुप्रतिक्षित चलचित्र “लप्पन छप्पन” को ट्रेलर सार्वजानिक भएको छ । चैत्र ११ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो फर्स्ट लुक र ट्रेलर एकै पटक सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा हामी एक्शनको साथमा केहि सस्पेन्स कथाको अनुमान लगाउन सक्छौ । यसपटक यस चलचित्रमा हामी सौगात मल्ललाई बिल्कुलै नया लुक्समा हेर्न पाउने छौ । यस्तै नायक दयाहाङ राई र अर्पण थापालाई पनि हामी भिन्दै शैलीमा देख्न सक्छौ । चलचित्रमा धेरै कुराको मिश्रण रहेको कुरा ट्रेलरले बताउछ । यस्तै चलचित्रको कथा वस्तु र प्रस्तुति पनि निकै नै अब्बल रहेको कुरा पनि प्रष्ट हुन आउछ ।
lappan-chappan
चलचित्र “लप्पन छप्पन” धेरै कुराले उत्कृष्ट हुने सम्भावना रहेको छ । बिगत १ बर्ष देखि छायांकन पश्च्यात पोस्ट प्रोडक्सनमा रहेकाले साथै चलचित्रको स्टार भ्यालु , बजेट , लोकेशन र नेपालका सफल प्राविधिक छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तनको यस चलचित्रमा रहेको संलग्नताले चलचित्र एकदमै राम्रो बनेको सजिलै अनुमान लगाउन सकिन्छ | यस्तै अहिलेका सम्पूर्ण चर्चित तथा सफल चलचित्रका वितरक गोबिन्द शाहीको चलचित्रलाई साथ रहनुले पनि चलचित्र एउटा आशा लाग्दो र सफल हुनेमा कुनै दुइ मत छैन |
lappan-chappan
lappan-chappan
यस्तै यसै चलचित्र मार्फत २ नव नायक प्रकाश जंग शाह र सिड खरेलले नेपाली रजतपटमा डेब्यु समेत गर्दैछन् । उनीहरु दुवैले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरिसकेका छन् । यिनलाई चलचित्रमा अहिले कि युवा पुस्ताकि चर्चित नायिका वर्षा सिवाकोटीको साथ रहेको छ | यस्तै चलचित्रमा अर्का कलाकार देवु श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ | चलचित्रको बहुसंखिक भाग युरोपका प्रसिद्ध देशहरु बेल्जियम , स्विजरल्याण्ड , नेदरल्याण्ड , फ्रान्स , लग्जम्बर्गमा छायांकन गरिएको छ । यस हिसाबले चलचित्रमा दर्शकहरुले बिदेशका विभिन्न रमणीय दृश्यहरुको आनन्द समेत प्राप्त गर्न सक्नु हुनेछ ।
lappan-chappan
चलचित्रका निर्माता डम्बर चन्द हुन् । उनले पनि यसै चलचित्र मार्फत नेपाली चलचित्र जगतमा निर्माताको पाईला अगाडी बढाउदै छन् । ओस्कार कलेज अफ फिल्म स्टडिजबाटै स्क्रिप्ट लेखन तथा निदेशनमा स्नातक गरेका प्रवेश पौडेल र प्रकाश जंग शाहद्वारा तयार पारिएको चलचित्रको कथाबस्तु तथा नया चलचित्रकर्मीको बाहुलियता भएकै कारण आफुले चलचित्रमा लगानी गरेको र यो चलचित्र निर्माण गर्न उत्साहित भएको कुरा निर्माता डम्बर चन्दले बताएका छन् । उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् ।
lappan-chappan
चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । बिगत ३ बर्ष देखि नेपाली चलचित्रलाई सुक्ष्म तरिकाले अध्ययन गरेर युवा सक्षम तथा अनुभवी चलचित्रकर्मीहरुको टिम बनाएर नेपाली चलचित्र क्षेत्रलाइ एउटा सफल चलचित्र दिने जमर्कोको साथ युवा निर्देशक मुकुन्द भट्ट अगाडी आएका छन | लामो समय देखिको उनको मेहेनत चलचित्र भित्र स्पष्ट रुपले देखिएको छ । चलचित्रको प्रस्तुति यति अब्बल हुनुमा उनको ठुलो हात रहेको छ । उनले पाएको निर्देशनको जिम्मेवारीलाई उनले सहि ढंगले बखुबी निभाएका छन् । चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास उनले ब्यक्त गरेका छन् । आफुले मेहेनतका साथ राम्रो चिज दर्शकहरुको माझमा पेश गरेको र अब सबै कुरा दर्शकहरुको हातमा नै रहेको कुरा पनि उनले उल्लेख गरेका छन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: