Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
पुराना निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र “दर्पण छाँया २” ले आफ्नो क्लाइमेक्स रि-सुट गरेको छ । प्राविधिक कमि कमजोरी र भने जस्तो काम नभएकोले यो रि-सुट गर्नु परेको कुरा निदेशक तुलसी घिमिरेले बताएका छन् । दार्जिलिङमा केहि दिन पहिले फिल्मको क्लाईमेक्स पुनः छायाँकन गरिएको हो ।
darpan-chhaya-2
चलचित्रको करिव १५ मिनेटको क्लाइमेक्स सुटिङ तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरिएको हो । “भीएफएक्स”
प्रविधिको प्रणालीबाट क्लाइमेक्सलाई आकर्षक ढंगले प्रस्तुत गर्ने निर्देशक तुलसी घिमिरे योजना प्राविधिकका कारण असफल भएपछि फेरि सुटिङ गर्नुपर्ने स्तिथि सृजना भएको कुरा निर्माण पक्षेले बताएको छ ।
निर्देशक घिमिरेको अनुसार चलचित्रको धेरै कुरामा आफुहरुले निकै ध्यान पुर्याएर काम गरेको बताए । त्यस मध्य चलचित्रको क्लाइमेक्स पनि एक हो जसमा कुनै पनि किसिमको सम्झौता गर्न उनि तयार छैनन् । क्लाइमेक्सलाई वास्तविक रुप दिनको लागि नै आफुहरुले यति मेहेनत गरेको कुरा उनले उल्लेख गरेका छन् । फिल्मको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनि भारतीय टेलिभिजन स्टार प्लसले गर्ने “डान्स प्लस” सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफीको कामलाई निकै तीव्र रुपमा अगाडी बढाईरहेका छन् ।
darpan-chhaya-2i
सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको चलचित्र “दर्पण छाँया २” का प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । छायाँकार रामेश्वर कार्कीले चलचित्रको छायांकन गरेका छन् । यस्तै चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: