मनोरंजनसंसार डटकम
हाम्रा धेरै नेपालीहरु यति बेला बिदेशमा रहेका छन् | हामी सबै नेपालीहरु सबै कुरा सम्मान देख्छौ | त्यसैले त हामी आफ्नो अरुको सबैको खुसियाली मनाउने गर्छौ | नेपालको नया बर्ष आउन अझै केहि महिना बाँकी हुदा बिदेशमा भने नया बर्ष २०१७ को सुरुवात भईसकेको छ | नेपाली धेरै कलाकारहरु बिदेशमा रहेका छन् जसले नया बर्ष २०१७ लाई पनि भव्यताका साथ स्वागत गरेका छन् | नेपाली गीत संगीतको आगमन यो नया बर्षमा पनि हुनु कुनै नौलो कुरा होइन | यहि हिसाबले लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो योगदान दिदै आइरहेका रचनाकार टेकु क्षेत्रीको नया बर्ष २०१७ को आगमन संगै नया गीत “एउटै मुटु” सार्वजनिक भएको छ जसलाई उनको “सम्रिध” नामक एल्बम देखि साभार गरिएको हो |
रचनाकार टेकु क्षेत्रीको शब्द रचनामा किरण गजमेरको संगीतको साथमा कमल रसाइलीले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतको म्युजिक भिडियो पनि निकै राम्रो तयार भएको छ | म्युजिक भिडियोमा मोडल निराजन र सम्पदा बानियाले राम्रो अभिनय प्रस्तुत गरेका छन् |
यस पश्च्यात आफ्नो अझै राम्रा राम्रा गीत संगीतकार आउने तयारीमा रहेको कुरा रचनाकार टेकु क्षेत्रीले बताएका छन् | लामो समय देखि अमेरिकाको बसोबास भएता पनि नेपाली गीत संगीत प्रतिको माया मोहलाई भने उनले बिर्सेका छैनन् | बिदेशमा बसेर रगत पसिना बगाएर काम गर्दा समेत उनले नेपाली गीत संगीतलाई भने समयको कमि हुन दिएका छैनन् | यस्तै उनले आफ्नो नया एल्बमको लागि तयारीहरु गर्दैछन् | दर्शक श्रोताहरुको लागि आफ्नो नया एल्बम बिशेष हुने र अहिलेको पिडिको टेस्टलाई मध्य नजर गरेर नै आफ्नो रचनाहरुको निर्माण गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् |
आफु जहाँ रहे पनि आफ्नो देश नेपालको भाषा संस्कृति र नेपालीपनलाई कहिले पनि नछोड्ने र नेपाली गीत संगीतमा आफ्नो जीवन व्यतित गर्ने प्रतिबध्ता उनले जाहेर गरेका छन् | हामी नेपाली सबै एकजुट हुनु पर्छ र आफ्नो धर्म संस्कृतिलाई माया अनि सम्मान गर्नु पर्छ भन्ने मान्यता उनि राख्दछन् | यस्तै उनले जहाँ रहे पनि नेपाली गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहुन र आफुले दिएका प्रस्तुतिहरुलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई सहि ढंगले औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन समस्त दर्शक श्रोताहरु संग उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :
२०१७ को आगमन संगै रचनाकार टेकु क्षेत्रीको “एउटै मुटु” सार्वजनिक
