Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते देखि प्रदर्शनको लागि तयार भएको चलचित्र “किङ” ले शनिवार २०१७ को आगमनमा साथीभाई भेटघाट कार्यक्रम आयोजना गरेको छ | भेटघाट कार्यक्रममा चलचित्र “किङ” को सम्पूर्ण युनिटको उपस्थिति रहेको थियो | सबैको उपस्थितिले कार्यक्रमको माहोल निकै रोमान्चक बनेको थियो | यसै गरि उपस्थित सबैले निर्माण पक्षेलाई चलचित्रको सफलताको लागि शुभकामना समेत दिएका थिए |
king
यसरि एकै ठाउँमा आफ्नो चलचित्रको परिवारलाई समेट्न पाउदा आफु निकै खुशी रहेको कुरा निर्माता जयन श्रेष्ठले बताएका छन् | यसै गरि आफ्नो कार्यक्रममा समावेश भईदिनु भएकोमा उपस्थित सबैलाई उनले हृदय देखि नै धन्यवाद समेत ज्ञापन गरेका थिए | यस्तै चलचित्रको बिषयमा बोल्दै उनले अहिले आफु लगाएत आफ्नो युनिट चारैतिरबाट प्रोमोसनको लागि जुटिरहेको कुरा बताएका छन् |
king
चलचित्र निकै नै राम्रो बनेको र चलचित्रको कथा वस्तु र प्रस्तुतिको साथमा कलाकारहरुको फरक प्रस्तुतिले पनि दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उनले ब्यक्त गरेका छन् | यसै गरि आफ्नो चलचित्रले दर्शकहरुलाई निराश नबनाउने र दर्शकहरुले खोजेको र चाहेको कुराको पूर्ति गर्ने कुरा समेत उनले उल्लेख गरेका छन् |
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा निखिल उप्रेती , बेनिषा हमाल , अनुप विक्रम शाही , रुप राना , जगन श्रेष्ठ , प्रज्वल सुजल गिरि लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा बसन्त सापकोटा , दिनेश सुनाम र सुजेन्द्र डी. कार्कीको संगीत , रोशन श्रेष्ठको द्वन्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम भने शबिर श्रेष्ठले गरेका छन् | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: