Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्देशित तेस्रो चलचित्र “हेप्पी डेज” ले युकेमा आफ्नो फुल प्याकप गरेको छ | ४५ दिनको अबधिमा चलचित्रले आफ्नो सम्पूर्ण छायांकन सकेको हो | चलचित्रले युके , इंग्ल्यान्ड , स्कटल्याण्ड र वयल्समा आफ्नो छायांकन गरेको छ | चलचित्रको छायांकन सकिए लगतै चलचित्र युनिट नेपाल फिर्ता समेत भईसकेको छ | यस्तै निर्देशक मिलन चाम्सले छायांकनको केहि तस्बिरहरु समेत सार्वजनिक गरेका छन् |
happy-days
सार्वजनिक तस्बिरहरुमा हामी नायक दयाहाङ राई र नायिका प्रियंका कार्कीको रोमान्सका केहि दृश्यहरु देख्न सक्छौ भने संग संगै अर्का नायक संजय गुप्ता संगको प्रियंका कार्कीको रोमान्सको सिनहरु समेत हामी देख्न पाउछौ | सार्वजनिक तस्बिर अनुसार चलचित्र निकै नै राम्रो बनेको र चलचित्रमा समावेश दृश्यहरुले दर्शकहरुको मन छुने प्रष्ट देखिन्छ | चलचित्रको प्रस्तुति पनि केहि फरक र पृथक रहेको कुरा सार्वजनिक तस्बिरहरुले बोल्छ |
happy-days
अहिले सम्मको नेपाली चलचित्र भन्दा केहि फरक अनि पृथक आफुहरुले गर्न खोजेको कुरा निर्देशक तथा निर्माता मिलन चाम्सले बताएका छन् | यसै गरि आफुले पैसा कमाउनको लागि नभएर नेपाली चलचित्रको स्तर अब परिवर्तनको लागि यो चलचित्रको निर्माण गरेको उल्लेख गरेका छन् | चलचित्रको निर्माणमा आफुहरुले कुनै पनि किसिमको कम्प्रोमाइज नगरेको र चलचित्रमा चाहिने सबै कुराको पूर्ति आफुहरुले गर्ने कोसिस गरेको कुरा पनि उनले बताएका छन् |
happy-days
happy-days
चलचित्र पूर्ण तय मनोरंजननात्मक बनेको र दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन लिनु हुने विश्वास समेत उनले व्यक्त गरेका छन् | यस्तै चलचित्रको कथा वस्तु र प्रस्तुतिको साथमा गीत संगीत पनि निकै नै बलियो पक्षे रहेको कुरा उनले बताए | चलचित्र “हेप्पी डेज” पूर्ण तय इन्टर टेन मेन्ट चलचित्र बनेको र बिशेष गरि दर्शकहरुको खुशी र चाहनालाई ध्यानमा राखेर दर्शकहरुको लागि नै निर्माण भएको कुरा उनले प्रष्ट पारेका छन्
happy-days
happy-days
चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” का निर्माता तर्फ भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स रहेका छन् | त्यस्तै बि.पी खनाल भने चलचित्रका प्रस्तोता रहेका छन् | चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ | यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहेको यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् | निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्र आउदो बर्ष प्रदर्शनमा आउने छ | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: