Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गते प्रदर्शन मिति तय गरेको चलचित्र “डायरी” ले आफ्नो नया लीरिकल गीत बाहिर सार्वजनिक गरेको छ | “माया माया” बोलको गीतमा शब्द संगीत र स्वर मानस राजको रहेको छ | गीत निकै राम्रो बनेको छ | सुन्दा पनि मनमा बस्ने र सबैको मुखमा झुन्डिने सक्ने शब्दको प्रयोग यस गीतमा गरिएको छ | अहिलेको युवा मात्र नभएर सबै खालका दर्शकहरुको लागि यस गीतको निर्माण भएको छ | गीतमा समावेश संगीत पक्षे पनि निकै बलियो रहेको छ |
diary
diary
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको चलचित्र “डायरी” मा छुल्ठिम गुरुङ , सन्नी सिंह , रेखा थापा , रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी , राजु लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् | शिव राम श्रेष्ठले छायांकन गरेको यस चलचित्रको सम्पादनको काम धमाधम भईरहेको छ जसलाई प्रविन श्रेष्ठले गरिरहनु भएको छ |
diary
निर्देशक अनिल योन्जनको निर्देशनमा तयार भएको यस चलचित्रका निर्माता भने नायिका छुल्ठिम गुरुङ हुन् | उनले यो भन्दा अगाडी “नोवेम्बर रेन” नामक चलचित्रमा आफ्नो कुशल अभिनयको प्रदर्शन गरेर दर्शकहरुको मन जिती सकेकी छिन् | त्यस्तै चलचित्रमा हामी अभिनेत्री रेखा थापालाई बिल्कुलै नया अवतारमा हेर्न पाउने छौ | अहिले देखि यो कुराले धेरै दर्शकहरुको मनमा पनि उत्सुकता जनाईसकेको छ | चलचित्र निकै राम्रो बनेको र चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुको मन जित्ने विश्वास निर्माण पक्षेले व्यक्त गरेको छ | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्सले लिएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: