एक दिन अघि सर्यो प्रदर्शन मिति , अब पुस २८ मा नै “किङ” को सवारी

मनोरंजनसंसार डटकम
केहि समय अगाडी देखि निकै चर्चामा रहेको एक्शनले भरिपुर्ण निखिल उप्रेतीद्वारा अभिनित चलचित्र “किङ” ले आफ्नो प्रदर्शन मिति एक दिन अगाडी सारेको छ | चलचित्र पहिले पुस २९ गते शुक्रवारको दिन प्रदर्शन हुने तय भएको थियो | तर अब चलचित्र पुस २८ गते बिहिवारको दिन नै प्रदर्शन हुने तय भएको छ | चलचित्र “लव साशा” ले आफ्नो प्रदर्शन मिति एक दिन अगाडी सारेको हुनाले पनि यस चलचित्रले पनि आफ्नो प्रदर्शन मिति अगाडी सारेको कुरा आएको छ | यो हिसाबले पुस २८ गते बिहिवार २ चलचित्रको भिडन्त हुने भएको छ |
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा निखिल संगै बेनिषा हमाल , अनुप विक्रम शाही , रुप राना , जगन श्रेष्ठ , प्रज्वल सुजल गिरि लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा बसन्त सापकोटा , दिनेश सुनाम र सुजेन्द्र डी. कार्कीको संगीत , रोशन श्रेष्ठको द्वन्द र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन गर्ने काम भने शबिर श्रेष्ठले गरेका छन् | चलचित्रका निर्माता भने जयन श्रेष्ठ हुन् |
king
king
चलचित्र “किङ” ले केहि समय अगाडी आफ्नो टिजर , ट्रेलर अनि गीत बाहिर सार्वजनिक गरिसकेको छ | अहिले चलचित्र युनिट जोड तोडले प्रचार प्रसारमा लागिपरेको छ | यस चलचित्रमा दर्शकहरुले नायक निखिल उप्रेतीलाई नया अवतारमा हेर्न पाउनु हुनेछ | भूमिका र उनको अभिनयको हिसाबले पनि उनको केहि फरक र पृथक अन्दाज यस चलचित्रमा रहेको छ | चलचित्रको सार्वजनिक ट्रेलर अनुसार चलचित्र निकै रोमान्चक हुन कुराको अड्कल यति बेला धेरैले काटिसकेका छन् | तसर्थ चलचित्र कस्तो रहेको छ र यसले कस्तो किसिमको व्यापारको साथमा दर्शकहरुको माझमा आफ्नो जादु देखाउने हो त्यो हेर्नको लागि भने केहि समय कुर्ने पर्ने हुन्छ | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply