Fri. Jan 24th, 2025

मनोरंजनसंसार डटकम
नेपालको कला साहित्यमा अहिले आएर पछिल्लो समयको तुलनामा धेरै नै आमुल परिवर्तनहरु भैसकेका छन् | यसका लागि सम्पूर्ण कलाकार तथा नेपाली दर्शकहरुको ठुलो हात रहेको छ | अहिले नेपाली दर्शकहरुको कलाकार , नेपाली गीत संगीत र नेपाली चलचित्र क्षत्रलाई हेर्ने दृष्टिकोण नै बदलिसकेको छ | अहिले बिदेशी गीत संगीत र चलचित्रको तुलनामा नेपाली गीत र नेपाली चलचित्रले हाम्रो आफ्नै नेपाली दर्शकहरुबाट धेरै नै माया र सम्मान पाइरहेको अवस्था रहेको छ | तर यति धेरै कुराहरुको विकास हुदा समेत नेपाली कलाकारहरु अहिले हाम्रै देशमा ठगिएका घटनाहरु भने रोकिएको छैन | लामो समय देखि हाम्रो देश भित्रै चलिआएको यो नेपाली कलाकार ठगिने शिलशिला अहिले सम्म पनि रोकिएको छैन | यहि बिषयमा एउटा ताजा घटना सबैको अगाडी अहिले बाहिर आएको छ |
susan
हाम्रा नेपाली गीत संगीतका माहिर कलाकार तथा नेपाली चलचित्र क्षत्रका चर्चित कलाकार हाम्रो आफ्नो देशमा ठगिएका छन् | त्यसमा गायक हिमाल सागर , गायिका सत्यकला राई , नायिका अनु शाह लगाएतका कलाकारहरु पर्दछन् | केहि समय अगाडी मात्र ताप्लेजुङमा एउटा कार्यक्रम छ भनि लगिएका यी कलाकारहरु फर्किने बेला अलपत्र नै पर्नु पर्यो | यसका साथै उनीहरुले कुनै पारिश्रमिक पनि पाएनन् | जसो तसो गरेर काठमाडौँ आएका ति कलाकारहरुले मिडिया मार्फत आफ्नो कुरा राखे | उक्त कुराको स्पष्टीकरणको लागि राजधानीमा एउटा अर्को कार्यक्रमको आयोजना गरियो जसमा ताप्लेजुङका पर्यटन ब्यवसाई तथा रेडियो ताप्लेजुङका अध्यक्ष इश्वरी पौडेल , ताप्लेजुङ सरोकार केन्द्रका प्रतिनिधि तथा रेडियो तमोरका अध्यक्ष रमेश बराल , कार्यक्रम उद्घोषिका याङजोम शेर्पा , गायक सुसन सम्सोहाङ , हास्य कलाकार मनोज गजुरेल लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो | यसका साथमा कार्यक्रममा पिडित कलाकारहरुको पनि उपस्थित रहेको थियो |
susan
कार्यक्रममा बोल्दै ताप्लेजुङका प्रतिनिधिहरुले यो घटनामा ताप्लेजुङ जिल्ला र त्यहाको बासीको कुनै संलग्नता नरहेको कुरा स्पष्ट पारेका छन् | हाम्रा कलाकारहरुलाई ठग्ने व्यक्ति ताप्लेजुङ बासी समेत नरहेको ठहर उहाहरुले गर्नुभएको छ | त्यसै उक्त ठग व्यक्तिले अहिलेका कलाकार जस्तै पछिल्ला दिनहरुमा समेत हाम्रा अरु पुराना कलाकारहरुलाई समेत ठगिसकेको कुरा पनि कार्यक्रममा पुष्टि भएको छ | तथापी उक्त घटना ताप्लेजुङमा भएको हुनाले ताप्लेजुङको नेतृत्व गर्दै सबैको तर्फबाट उहाहरुले उपस्थित ठगिएका कलाकारहरु संगै क्षेमा याचना समेत गर्नुभएको छ | यसका साथै उहाहरुले आगामी दिनहरुमा को कस्तो सबै कुरा बुझेर मात्र यी यस्ता कार्यक्रमहरुमा सहभागी हुन कलाकारहरुलाई आग्रह समेत गर्नुभएको छ |
susan
त्यहाँ भएका वर्तालाव पछि उपस्थित कलाकारहरुले समेत ताप्लेजुङ र त्यहाका बासी प्रति आफुहरुलाई कुनै गुनासो नरहेको बताएका छन् | आफुहरु एउटा कलाकार भएर पाउनु पर्ने सम्मान र माया ताप्लेजुङ बासीको तर्फबाट पूर्ण रुपमा पाएको कुरा पनि उनीहरुले उल्लेख गरेका छन् | यधपी यस क्षेमा याचना कार्यक्रमको आयोजना गरेर आफुहरु प्रति प्रकट गर्नु भएको सम्मान प्रति उपस्थित सबैलाई त्यहाँ आउनु भएका कलाकारहरुले धन्यवाद समेत ज्ञापन गरेका छन् | यसै गरि उपस्थित ताप्लेजुङका बिशिष्ट व्यक्तिहरुले सबै कलाकारहरुलाई आफ्नो जिल्लामा कुनै पनि बेला आउनको लागि स्वागत पनि गरे भने कलाकारहरुले समेत आफुहरुलाई फेरी पनि ताप्लेजुङ आउने इच्छा रहेको बताए र आफुहरु फेरी पनि त्यहाँ आउने र त्यहाँ दर्शकहरुसंग रमाइलो गर्ने प्रतिबध्ता समेत उनीहरुले जाहेर गरेका छन् |

Leave a Reply