Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र आफ्नो टिजर सार्वजनिक गरेको चलचित्र “डायरी” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र अब आउदो चैत ११ गते देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने छ | चलचित्रले केहि समय अगाडी टिजर सार्वजनिक गर्दा चलचित्रको प्रदर्शन मिति भने तय गरेको थिएन | कुनै अरु चलचित्र संग नजुदोस भनेर आफुहरुले सल्लहा गर्दै गर्दा अहिले भने चलचित्रको प्रदर्शन मिति जुरेको कुरा निर्माण पक्षेले बताएको छ |
diary
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको चलचित्र “डायरी” मा छुल्ठिम गुरुङ , सन्नी सिंह , रेखा थापा , रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी , राजु लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् | शिव राम श्रेष्ठले छायांकन गरेको यस चलचित्रको सम्पादनको काम धमाधम भईरहेको छ जसलाई प्रविन श्रेष्ठले गरिरहनु भएको छ |
diary
निर्देशक अनिल योन्जनको निर्देशनमा तयार भएको यस चलचित्रका निर्माता भने नायिका छुल्ठिम गुरुङ हुन् | उनले यो भन्दा अगाडी “नोवेम्बर रेन” नामक चलचित्रमा आफ्नो कुशल अभिनयको प्रदर्शन गरेर दर्शकहरुको मन जिती सकेकी छिन् | त्यस्तै चलचित्रमा अर्का कलाकार राजु लामाको पनि बेजोड उपस्थिति रहेको छ | यो भन्दा अगाडी थुप्रै चलचित्रमा अभिनय गरिसकेका र होस्टेल चलचित्रबाट सोनाम ताशी नामक पात्रबाट चर्चामा आएका उनले यस चलचित्रमा पनि आफ्नो फरक भूमिका निभाएका छन् |
diary
चलचित्र निकै नै राम्रो बनेको र चलचित्रमा प्रस्तुत बिषय बस्तुले दर्शकहरुको मन जित्ने विश्वास निर्देशक अनिल योन्जनले ब्यक्त गरेका छन् | चलचित्रमा नायिका रेखा थापा पहिलो पटक भिलेनको भूमिकामा देखिदै छिन् | यो हिसाबले पनि चलचित्र प्रति दर्शकहरुको ध्यान जान सक्ने कुरा सबैले अनुमान लगाउन सकिन्छ | चलचित्र सस्पेन्स थ्रिलरको साथमा प्रेममा समेत केन्द्रित रहेको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्सले लिएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: