दर्शकहरुको राम्रो साथले “पुरानो डुंगा” ले गर्यो सफलता पुर्वक दोस्रो हफ्तामा प्रवेश

मनोरंजनसंसार डटकम
गत शुक्रवार मंसिर १० गते देखि प्रदर्शनमा आएको चलचित्र “पुरानो डुंगा” ले दर्शकहरुको राम्रो साथले सफल रुपमा दोस्रो हफ्तामा पाईला राखेको छ | चलचित्रले दोस्रो हफ्ता आइपुग्दा समेत मल्टिप्लेक्स र सिंगल थिएटर राम्रो शो पाएको छ | चलचित्रले २ दिनमा नै डेढ करोडको व्यापार गर्न सफल भएको थियो | चलचित्र हेर्ने अधिकांश दर्शकहरु खुशी नै छन् | सबैतिरबाट मिश्रित प्रतिक्रियाहरु आइरहेको छ | तर समग्रहमा चलचित्र राम्रो रहेको कुरा नै ठहर हुन आएको छ | चलचित्र हेर्न गाउ देखि सहर सम्मका दर्शकहरु उर्लेर आए | चलचित्रले धेरै दर्शकहरुको मनमा धेरै कुराको महसुस पनि गराएको छ |
purano-dunga
purano-dunga
चलचित्रमा समावेश कथा वस्तु चलचित्रको बलियो पक्षे रहेको कुरा धेरै दर्शकहरुको प्रतिक्रिया अनुसार सहि साबित भएको छ | त्यस्तै चलचित्रको गीत संगीतले गर्दा पनि धेरै दर्शकहरुलाई चलचित्र हेर्न उत्साहित गरेको हो | प्रतिक्रिया मिश्रित आएपनि अधिकांशले भने चलचित्र राम्रो रहेको र नया कुराको महसुस चलचित्रबाट प्राप्त भएको कुरा बोले | दर्शकहरुको प्रतिक्रिया र साथले आफुहरु निकै हौसिएको कुरा निर्माण पक्षे बताउछन् |
purano-dunga

सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply