कन्चनजंघा हिरक महोत्सव २०७३ मा गायक सुसन साम्सोहाङ लिम्बुको दमदार प्रस्तुति

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बढ्दो विकास संगै यस क्षत्रको लागि आफ्नो अधिक समय खर्चिने व्यक्तिहरुको पनि नेपालमा कमि छैन | नेपाली गीत संगीतमा नै आफ्नो जीवन व्यतित गरेर यसमै आफ्नो गन्तव्य खोज्ने र निरन्तर रुपमा अगाडी बढ्ने कलाकारहरुको पनि हामी संग सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक कलाकार हुन् गायक सुसन साम्सोहाङ लिम्बु | उनि निकै लामो समय देखि नेपाली गीत संगीतको सर्जक भएर यस क्षत्रमा काम गरिरहेका छन् | उनले आफ्नो लामो समय नेपाली गीत संगीत क्षत्रमा बिताईसकेका छन् | उनको गीतहरुले धेरै लामो समय देखि दर्शकहरुको मनमा राज गर्दै आइरहेको छ | पछिल्लो समय नेपाली गीत संगीत क्षत्रको बदलिदो परिवेश संगै उनले पनि आफ्नो गीत संगीतको ढाचा लाई केहि रुपले परिवर्तन गरेका छन् | उनले अहिले सबै खालका गीतहरुमा बिशेष ध्यान दिएर दर्शकहरुलाई प्रस्तुत गरेका छन् |
susan-samsohang-limbu
केहि समय अगाडी मात्र उनले “सोल्टिनी” नामक आफ्नो नया एल्बम सार्वजनिक गरेका थिए | उक्त एल्बमको “सोल्टिनी” बोलको गीत अत्याधिक चर्चामा पनि आएको थियो | त्यस्तै उनले दशैं तिहारलाई लक्षित गरेर पनि गीत तयार पारेका थिए जसलाई दर्शकहरुले अधिक मन पराएका छन् | उनको बढ्दो चर्चा संगै अचेल प्राय गीत संगीतको कार्यक्रममा उनको प्रस्तुति छुटदैन | उनको उपस्थितिले कार्यक्रमको माहोल नै फरक हुन्छ | दर्शकहरु उनको प्रस्तुतिको लागि आतुर भएर बसेका देखिन सक्छ आजकल यी यस्ता कार्यक्रमहरुमा |
susan-samsohang-limbu
susan-samsohang-limbu
यहि बिचमा उनले ताप्लेजुङ्ग स्थित सुकेटारमा कन्चनजंघा हिरक महोत्सव २०७३ मा आफ्नो दमदार प्रस्तुति पेश गरेका छन् | उक्त महोत्सवमा प्रमुख अतिथिमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल रहनु भएको थियो | उक्त कार्यक्रममा गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो स्वरको जादुले अधिक दर्शकहरुको मनमा तहल्का मच्चाएका थिए | उनले उक्त कार्यक्रममा सोल्टिनी लगाएत थुप्रै आफ्ना गीतहरु गाएका थिए | उनको गीतमा त्यहाँ उपस्थित दर्शकहरुले खुबै मजा लिए | त्यसै गरि दर्शकहरुले उनलाई उनको प्रस्तुतिको लागि बधाई पनि दिए | उनको उपस्थितिले कार्यक्रमको माहोल नै रमाइलोमा परिवर्तन गर्यो |
susan-samsohang-limbu
susan-samsohang-limbu
उनले केहि समय अगाडी मात्र “F.L.F.AWARD 2073″ बेस्ट सिंगर मेल विधाको उपाधि हात पार्न सफल भएका थिए | सर्वोतकृष्ट गाएकको उपाधि हात पारे पछि उनले आफ्नो गीत संगीत यात्रालाई अझै राम्रो तरिकाले अगाडी बढाई रहेका छन् | पछिल्लो दिनहरुमा उनि निकै सक्रिय भएर नेपाली गीत संगीतमा लागिपरेका छन् | लामो समय देखिको यस क्षत्र प्रतिको अनुभवले आफुलाई धेरै कुरा सिकाएको र दर्शक श्रोताहरुको टेस्टलाई पनि राम्रो बुझेका बताउने अनि अहिले आफ्नो नया गीतको तयारीमा ब्यस्त छन् | अबको आफ्नो नया प्रस्तुति दर्शक श्रोताहरुको लागि बिशेष हुने कुरा पनि उनले उल्लेख गरेका छन् |
susan-samsohang-limbu
susan-samsohang-limbu
आफ्नो लागि दर्शक श्रोताहरु भगवानको स्वरुप बताउने उनले आफु कहिले पनि पछि नहट्ने र सधैब नेपाली गीत संगीतमा लागिरहने प्रतिबद्धता जाहेर गरेका छन् | त्यस्तै उनले आफ्नो प्रस्तुतिहरुलाई सुनेर हेरेर आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनुहुन दर्शक श्रोताहरुलाई हृदय देखि नै बिनम्र अनुरोध गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply