१२ लाखको गीतको छायांकन सक्दै गोसाईकुण्डमा दिपेन्द्रको “लभ लभ लभ” ले गर्यो फाइनल प्याकाप

मनोरंजनसंसार डटकम
आउदो नया बर्षको सुरुवात बैशाखको पहिलो हफ्ता रिलिज मिति तोकेको चलचित्र “लभ लभ लभ” ले आफ्नो छायांकन सकेको छ | चलचित्रले रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्डमा गएर आफ्नो अन्तिम गीत “के यो माया हो कि के हो..” को छायांकन सक्दै चलचित्रको फाईनल प्याकाप गरेको हो |
love-love-love
अधिकांश भाग नेपालको सुन्दर नगरी पोखरामा छायांकन गरिएको यस चलचित्रको मात्र एउटा गीतको लागि भने चलचित्र युनिट गोसाईकुण्ड पुगेको थियो | करिब १२ लाखको बजेटमा यस गीतको छायांकन सकिएको निर्माण पक्षेले बताएको छ |
love-love-love
अमृत पाण्डेको प्रस्तुति रहेको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनाल निर्देशन गरेका छन् | चलचित्रका निर्मात्री शर्मिला पाण्डे रहेकी छिन् | चलचित्रको निर्माणमा कुनै पनि किसिमको कन्जुसाई नगरेको र दर्शकहरुलाई निकै राम्रो चलचित्र प्रस्तुत गर्ने प्रयास आफुहरुको रहेको कुरा उनले उल्लेख गरेकी छिन् |
love-love-love
अत्ति सुन्दर मनोरम स्थल तर अधिक बिकट भएको हुनाले छायांकनको बेलामा धेरै नै समस्याहरु उत्पन्न भएको निर्माण पक्षेले बताएको छ | जति नै कठिन भए पनि चलचित्रलाई निकै राम्रो बनाउने प्रयास सबैले गरेको र चलचित्र निकै राम्रो बनेको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ | चलचित्रमा निरज कंडेलको छायांकन सुरेश राईको संगीत र कविराज गहतराजको नृत्य निर्देशन समावेश रहेको छ |
love-love-love

Leave a Reply