Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
जल श्रोतको दोस्रो ठुलो देश हुदा समेत दुर्भाग्य बस बिगत लामो समय देखि नेपाल लोडसेडिङको चपेटामा परेको छ | देशको परिस्थिति संगै हाम्रो देशको यो मूल समस्याको बारेमा भने कुनै पहल हुन सकेन | जनताले दिनहु करिब १८ घण्टा सम्म पनि लोडसेडिङ सहनु परेको थियो | तर अहिले धेरै बर्ष यो समस्याको समाधान निस्केर आएको छ | प्राधिकरणका प्रबन्ध निर्देशकको परिवर्तन संगै अहिले यो समस्याको समाधान पनि बाहिर आएको छ | गर्न चाहयो भने कुनै काम पनि गार्हो छैन भन्ने कुरालाई अहिलेका प्राधिकरणका नया प्रबन्ध निर्देशक कुलमान घिसिङले साबित गरेर देखाएका छन् |
उनले अब लोडसेडिङ पूर्ण रुपमा निर्मुल पार्ने मूल आधारको साथमा आफ्नो कामलाई अगाडी बढाएका छन् | सबै कुराको अध्यन पछि कुन हिसाबले यो समस्याको हल निकाल्न सकिन्छ भनेर सहि ढंगले कामको ढाचा तयार पारेर अहिले उनले तिहार पछि राजधानीमा लोडसेडिङ न्यून पारेका छन् | उपत्यका बाहिरको स्थानमा समेत अहिले लोडसेडिङ काम हुदै गईरहेको छ | जनताले अहिले भने सुखको साँस फेर्न पाएका छन् |
यहि दौरानमा उनले सबै नेपाली जनता संग आफुहरुले गरेको यस किसिमको प्रयासलाई सफल पर्ने सबैले साथ दिनु पर्ने भन्दै बिधुत प्राधिकरणको यो काममा हातेमालो गरेर अगाडी बढी दिनु हुन हार्दिक अनुरोध समेत गरेका छन् | त्यसै गरि बिधुत प्राधिकरणले सम्पूर्ण नेपाली जनताहरु संग एउटा आग्रह गरेको छ |
बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको ‘पिक आवर’मा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो।
लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना छ। छ घण्टा बाहेक जुन सुकै समयमा यी उपकरण चलाउन सकिनेछ।
प्राधिकरणका अनुसार पिक आवरमा राजधानीको विद्युत खपत ३०० मेगावाट सम्म पुग्ने गरेको छ। दिनभर यो २०० मेगावाट मात्र रहेन र राती १० बजे देखि बिहान पाँच बजे सम्म १०० मेगावाटमा झर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए।
उनले यहि माग र आपूर्तिको सन्तुलन मिलाएर उपत्यकालाई लोकसेडिङ मुक्त गर्न कम्मर कसेका छन्। राजधानीमा आसपासकै भोटेकोशी, खिम्ती एवं त्रिशुली करिडोरका परियोजनाबाट विद्युत आपूर्ति हुने गरेको छ। त्यस बाहेक पिक आवरमा कुलेखानीको समेत सहयोग रहन्छ।
पिक आवरमा सर्वसाधारणले धेरै बिजुली खपत गर्ने उपकरण नचलाइ बत्ति बाल्ने, टिभी हेर्ने लगायतका काम मात्र गर्ने हो भने लोडसेडिङ व्यवस्थापन कठिन नहुने प्राधिकरण व्यवस्थापनको विश्वास छ। बिधुत प्राधिकरणको यो किसिमको तिब्र प्रयासले अब चाही नेपाली जनताले खुसि मनाउनुको साथै सबैमा देश परिवर्तन र विकासको निमित्त आशा पलाएको छ |

Leave a Reply

%d bloggers like this: