Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको बजार व्यवस्थापनको साथमा धेरै कुराहरुको विकास भईसकेको छ | नेपाली धेरै कलाकारहरु अहिले निकै अग्रसर भएर नेपाली गीत संगीत क्षत्रमा लागिरहेका छन् | देशबाट भन्दा विदेशबाट धेरै नेपाली कलाकारहरु नेपाली गीत संगीतमा अहिले सक्रिय भएको देखिन्छ | अहिले नेपाली गीत संगीत फस्टाउदै गर्दा युवा पुस्ताको ध्यान चाही यस क्षत्र प्रति अलिक धेरै नै केन्द्रित भएको छ | नया कुरा नया सोच बोकेर केहि फरक गर्छु भनेर यस क्षत्रमा प्रवेश गरेका थुप्रै कलाकारहरुको आगमन हामी भईसकेको छ | यस्तै कति नया कलाकारहरु अब आफ्नो बिशेष र पृथक प्रस्तुतिहरु लिएर यस क्षत्रमा प्रवेश गर्ने तयारीमा रहेका छन् | यस्तै एक कलाकार हुन् रचनाकार मोहन मगर (मन) | हाल कामको शिलशिलामा उनि साउदी अरबमा रहेका छन् |
mohan-magar
सानै देखिको नेपाली गीत संगीत प्रतिको उनको इच्छा चाहनालाई उनले अहिले आएर भने सहि दिशा निर्देश गर्ने तयारीमा रहेका छन् | उनले अब चाडै नै आफ्नो पहिलो एल्बम “मन” दर्शक श्रोताहरुको माझमा सार्वजनिक गर्ने तयारीमा रहेका छन् | एल्बममा समावेश सम्पूर्ण गीत अत्ति कर्णप्रिय रहेको जानकारी उनले दिएका छन् | नया कलाकार भएपनि उनको रचनामा भने अरु भन्दा केहि फरक कुराहरुको महसुस हुने उनले बताएका छन् | उनको अब “हरि याली तिम्रो जिवन मैले कतै सुकाए कि तिम्लाइ दिने चोखो माया मैले अन्तै लुकाए कि” भन्ने मार्मिक शब्द समावेश गीत बजारमा आउने तयारीमा रहेको छ | उनको यस गीतमा गायक सबिन लिम्बुले स्वर भरेका छन् | उनको अबको यो पहिलो पाईला संगै गन्तव्य निरन्तर अगाडी बढ्ने उनको भनाई रहेको छ | उनको एक पछि अर्को गर्दै अरु थुप्रै गीतहरु बाहिर आउने उनले बताएका छन् | दर्शक श्रोताहरुले नया नया गीत संगीत केहि फरक अन्दाजमा सुन्न तथा हेर्न मौका पाउनु हुने विश्वास उनले ब्यक्त गरेका छन् |
mohan-magar
अत्यन्त राम्रो रचनाहरु कोर्ने प्रतिभा भएका उनले आफ्नो एल्बमको एउटा गीतमा आफ्नै संगीत समावेश हुने कुरा पनि उल्लेख गरेका छन् | लामो समय देखिको विदेश बसाई संगै आफुले अनुभव गरेका थुप्रै कुराहरुलाई समेटेर जिन्दगीको वास्तविकतालाई आफ्नो शब्द रचनामा अटाउने प्रयास उनले गरेका छन् | बिदेशी भूमिमा रगत पसिना बगाएर पनि आफ्नो केहि समय निकालेर नेपाली गीत संगीत प्रति समर्पित गर्नु नेपाली गीत सांगीतिक क्षत्रको लागि ठुलो उपलब्धि हो | तर अब आफु निकै क्रियाशिल भएर यस क्षत्रमा आफ्नो जीवन व्यतित गर्ने उनको भनाई रहेको छ | नेपाली गीत संगीत आफ्नो नशा नशामा बसेको र आफु भित्रको प्रतिभालाई आफुले सहि रुप दिने कुरा पनि उनले उल्लेख गरेका छन् | अहिलेको समय परिस्थितिको साथमा नेपाली दर्शक श्रोताहरुको टेस्टलाई पनि बुझेर आफुले शब्द रचनाहरु तयार पारेको उनले बताए | आफु सधैब नेपाली गीत सांगीतिक क्षत्रमा डटेर लाग्ने र आगामी दिनहरुमा समेत निकै राम्रा गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुलाई दिने प्रयास गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीत रहेको र यसको वृद्धि विकासको लागि आफुले सक्ने प्रयास गर्ने उनले बताए | आफु भित्र भएको प्रतिभालाई निखार्दै लैजाने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउने उनको विश्वास छ | आफ्नो यो “मन” एल्बम पहिलो प्रयास रहेको र आफ्नो पहिलो प्रस्तुतिलाई एक चोटी सबैले हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् | दर्शक श्रोता भनेको आफ्नो लागि भगवानको स्वरुप रहेको र आफ्नो प्रतिभाको सहि मुल्यांकन पनि उहाहरुबाट नै हुने भएकोले सधैब आफु जस्तो केहि गर्छु यस क्षत्रमा भनेर आउने नया कलाकारहरुलाई हर हमेशा साथ दिनु हुन सबै नेपाली दर्शक श्रोता सम्क्ष बिन्ति बिसाएका छन् |

Leave a Reply

%d bloggers like this: