मनोरंजनसंसार डटकम
राजधानीमा आयोजित एक कार्यक्रम बिच नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको स्थापना सभाका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वन मन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यामा लोकतान्त्रिक चलचित्रकर्मी संघको स्थापना भएको छ | नेपाली कांग्रेसको भातृ संगठन, नेपाल सास्कृतिक संघको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको स्थापना सभाबाट सन्दिप सापकोटाको नेतृत्वमा १७ सदस्य समिति गठन भएको हो |
स्थापना सभाबाट संघको सदस्यमा गोबिन्द शाही , रुपा राना, जनकदीप पराजुली, प्रदीप दाहाल, सुस्मिता कार्की, अनन्त तिमल्सिना, सुव्रत आचार्य, अनमोल शर्मा, ऋषी लामिछाने, योगेन्द्र श्रेष्ठ, आयूष रिजाल, बैकुण्ठ पराजुली, सिपी पौडेल, योगेश घिमिरे, बसन्त पोख्रेल, स्वस्तिका सिलवाल, गीता अधिकारी चयन भएका छन् ।
आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पार्टीले र सरकारले सधैब नेपाली सम्पूर्ण कलाकारहरुको बारेमा सोचेर उनीहरुको हक हितमा काम गर्नु कुरामा जोड दिएका छन् |
