मनोरंजनसंसार डटकम
अहिले नेपालमा अवार्ड वितरणको शिलशिला चलिरहेको बेला आउँदो २७ गते अमेरिकाको कोलोराडोमा फेरी अर्को अवार्ड कार्यक्रम “ग्लोबल नेपाली फिल्म अवार्ड” आयोजना हुने भएको छ | उक्त चलचित्र अवार्ड कार्यक्रमलाई नेपाल फिल्म सोसाइटीले आयोजना गर्ने भएको छ | बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष कृष्ण मल्लले अमेरिकामा आयोजित हुन लागेको कार्यक्रमको बारेमा बिस्तारमा जानकारी दिएका छन् |
कार्यक्रमको सबैलाई जानकारी गराईए पनि उक्त कार्यक्रममा अमेरिकामा को को कलाकारहरु प्रस्थान गर्ने भन्ने बारेमा भने कुनै खुलासा गरिएको छैन | तर आयोजित कार्यक्रममा उपस्थितिको हिसाबले नया पुस्ताका कलाकारहरु भन्दा पुराना पुस्ताका कलाकारहरु नै उक्त कार्यक्रमको लागि उत्साहित भएको देखियो | यस हिसाबले उक्त कार्यक्रममा नया भन्दा पुराना कलाकारहरुको अधिक उपस्थित हुने अनुमान सबैले लगाएका छन् |
बाहिर आएको खबरको आधारमा नायक भुवन केसी , शिव श्रेष्ठ , निर्माता प्रदिप कुमार उदय , सुमन बिष्टको नाम सुचिमा परेको छ | त्यस्तै नायिका तर्फ भने अहिले सम्म आशिष्मा नकर्मीको नाम मात्र तय भएको सुन्नमा आएको छ | प्राप्त खबर अनुसार थुप्रै कलाकारहरुले उक्त कार्यक्रमको लागि अमेरिकन एम्बेसीमा भिजा लगाएको तर सबैको भिजा स्वीकृत नभएको हुनाले भिजा लागेका सिमित कलाकारहरु मात्रै उक्त कार्यक्रमको लागि त्यस तर्फ प्रस्थान हुने आयोजक टिमको भनाई रहेको छ |
अब हुने लागेको यस ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ कार्यक्रममा जम्मा जम्मी ९ विधामा अवार्ड वितरण गरिने छ | त्यसका लागि कुल १६ कलाकारहरु अमेरिका प्रस्थान गर्ने कुरा आयोजक टिमले तय गरेको छ |
