Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र असोज २१ गतेको प्रदर्शन मिति तय गरेको चलचित्र “किङ्ग” ले अचानक पौष २९ गतेको लागि आफ्नो नया प्रदर्शन मिति तय गरेको छ | चलचित्रको यो किसिमको गतिबिधिले गर्दा चलचित्रको प्रदर्शन नै अन्योलमा परेको छ | यसरि चलचित्रका निर्माता जयन श्रेष्ठले अचानक प्रदर्शन मिति तय गर्दा उता चलचित्रको बजार वितरक शिव शंकर फिल्म्स र डिसीएन नेपालले भने आफुहरुलाई यो बिषयमा कुनै जानकारी नभएको बताएका छन् | यस किसिमको चलचित्रको निर्माताको क्रियाकलापले गर्दा चलचित्र कहिले प्रदर्शन होला भन्ने ठुलो प्रश्न सबैको अगाडी आएको छ |
king
केहि समय अगाडी चलचित्रका निर्माता जयन श्रेष्ठले काठमाडौँ उपत्यका भित्रको बजार वितरक शिव शंकर फिल्म्स र उपत्यका बाहिरको लागि डिसीएन नेपाललाई जिम्मा दिएको थियो | चलचित्र छायांकन सकिए लगत्तै सबै पैसा दिने भन्ने गरिएको सम्झौता तोडेर छायांकन सकियो भन्दै झुटो कुरा गर्दै छायांकन अगिनै सबै पैसा लगेको र असोज २१ गतेको मितिमा बजार वितरकहरुलाई चलचित्र जिम्मा लगाउन पनि नसकेको र बजार वितरकहरुलाई धोका दिएको निर्माता जयन श्रेष्ठ माथि ठुलो आरोप रहेको छ | चलचित्रको अहिले सम्म पनि छायांकन सकिएको छैन | तर अहिले उनले बजार वितरकहरुसंग कुनै सम्पर्कमा नै नआएर र कसैलाई थाहा नै नदिएर अर्का बजार वितरक गोपाल कायस्थलाई ६० लाख एमजी बेचिसकेको उनले सार्वजनिक गरेको समाचारले उनि माथि लागेको आरोप सहि साबित भएको छ |
king
यसरि उनले बजार वितरक माथि गरेको धोकाले चलचित्र अब प्रदर्शन हुने कुरामा निकै नै न्युन सम्भावना रहेको देखिन्छ | निर्माता जयन श्रेष्ठको यस किसिमको बजार वितरक प्रतिको धोकाले अब चलचित्रलाई ठुलो समस्या पर्ने देखिन्छ | यस हिसाबले दर्शकहरुले चलचित्र “किङ्ग” अब हलमा हेर्न पाउने या नपाउनेमा कुनै टुंगो छैन | निर्माता जयन श्रेष्ठको यो धोकेबाजीको कदमले चलचित्रलाई अब सिधै अन्धकार तर्फ धकेलेको छ |
king
जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” का निर्माता जयन श्रेष्ठ हुन् भने निर्देशक सबिर श्रेष्ठले चलचित्रलाई निर्देशन गरेका छन् | चलचित्रमा नेपाली चलचित्र क्षत्रका एक्शन किङ्ग मानिने नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् | चलचित्रमा उनि संगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेका छन् | रामजी लामिछानेको नृत्य समावेश चलचित्रमा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामले सुमधुर संगीत भरेका छन् | चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ | चलचित्रका व्रान्ड म्यानेजर अतुलराज मैनाली रहेका छन् |

Leave a Reply

%d bloggers like this: