Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
मंसिर १७ गते प्रदर्शन मिति तोकेको चलचित्र “त म र ऊ” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | बाटो मोडेउ बोलको सुमधुर सेन्टीमेन्टल गीतमा आमेश भण्डारीको संगीत रहेको छ भने गायक शिव परियारले आफ्नो मिठो अवाज भरेका छन् |
Ta-Ma-Ra-U
श्रद्धा फिल्म्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “त म र ऊ” लाई निर्देशक लक्षु गौतमले निर्देशन गरेकी छिन् | चलचित्रमा सुदिन प्रसाई , आमेश भण्डारी , निता ढुंगाना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता नवराज प्रसाई रहेका छन् | चलचित्रका कथा लेखक भने सुदिन प्रसाई रहेका छन् | चलचित्रमा शम्भु सापकोटाको छायांकन समावेश रहेको छ |
ta-ma-ra-u
चलचित्रमा हाम्रो नेपाली समाजको कथा बस्तुलाई प्रस्तुत गर्न खोजिएको छ | साथी संगीको माया र पारिवारिक कथाको निकै नै राम्रो मिश्रण चलचित्रमा गरिएको छ | चलचित्रको गीत संगीत पनि अधिक राम्रो बनेको छ | चलचित्रमा समावेश बिषय बस्तुले अधिकतम दर्शकहरुको मन छुने विश्वास नायक तथा लेखक सुदिन प्रसाईले ब्यक्त गरेका छन् | चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा समेत उनले उल्लेख गरेका छन् |
हेर्नुस गीत :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: