Fri. Mar 29th, 2024

पौष २९ को प्रदर्शन मिति तय गरेको चलचित्र “कारखाना” ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाकोटीलाई समावेश गरिएको छ | सार्वजनिक पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि समावेश गरिएको छ | चलचित्रले अब चाडै नै आफ्नोपहिलो टिजर सार्वजनिक गर्ने जानकारी निर्माण पक्षेले दिएको छ |
अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा बन्दै गरेको चलचित्रमा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको कलाकारहरुको अभिनय रहेको छ | दयाराम दाहाल, सुशिल पोखरेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको चलचित्रमा निरज कंडेलको छायांकन रहेको छ | चलचित्रको निर्माता तर्फ भने सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्का रहेका छन् | त्यसै गरि चलचित्रमा चन्द्र पन्तको द्वन्द्व , हर्कुलस बस्नेत र अनिल शाहीको संगीत र कविराज गहतराजको नृत्य रहनेछ ।
14813572_10209119573239687_1917672492_n
चलचित्रमा लव स्टोरी र एक्शन तथा कमेडीको राम्रो मिश्रण गरिएको छ | चलचित्रमा हाम्रो नेपाली समाजको वास्तविकताको कथा बस्तुलाई निकै सुन्दर तरिकाले चित्रण गर्ने कोसिस गरिएको छ | चलचित्रको गीत संगीत चलचित्रको एक अब्बल पक्षे रहेको जानकारी निर्माण पक्षेले दिएको छ | नेपाली दर्शकहरुको टेस्टलाई बुझेर निकै राम्रो चलचित्र दर्शकहरुलाई प्रस्तुत गर्ने प्रयास गरेको कुरा निर्माता सुदिप खड्काले बताउनु भएको छ | चलचित्रमा समावेश बिषय बस्तु उत्कृष्ट रहेको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उहाले ब्यक्त गर्नु भएको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: