Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
तिहारको अवसर पारेर कार्तिक १२ गते देखि प्रदर्शन आउन लागेको चलचित्र “उमंग” को अहिले व्यापक प्रचारप्रसार भईरहेको छ | परदेशीको दुख पिडा र बेदनाको कथा बोकेर तयार भएको चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा संगीतको साथमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन समावेश रहेको छ | चलचित्रका निर्देशक शिव शर्मा हुन् भने निर्माता कुमार बिसी रहेका छन् |
चलचित्रको अधिकांश छायांकन नेपाल र दुबईमा गरिएको छ | अहिलेको यो समयमा पनि हाम्रो नेपालीहरु बिदेशीन बाध्य रहेका छन् | देशको परिस्थिति ठिक नरहेको हुनाले अहिले गाउगाउबाट अधिक मात्रामा युवा पुस्ताहरु देश देखि टाढाको खाडी मुलुकमा पलाएन भईरहेका छन् | रहरले होइन करले हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अहिले बिदेशमा गएर अरुको हेपाई र गाली तथा यातना सहेर काम गरिरहेका छन् | यी यस्ता सम्पूर्ण नेपालीहरुको दुख र बेदनाको कथालाई केन्द्र बिन्दु बनाएर चलचित्रको बिषय बस्तु तयार पारिएको कुरा निर्देशक शिव शर्माले बताएका छन् |
umanga
आफ्नो चलचित्रले प्रत्येक नेपालीहरुलाई सचेत गराउने र देश प्रेमको भावना समेत जगाउने विश्वास निर्माता कुमार बिसीले ब्यक्त गरेका छन् | उनले भने “उमंग प्रत्येक नेपालीहरुले एक पटक हेर्ने पर्ने चलचित्र हो |” नेपालीहरुले बिदेशी भूमिमा कडा परिश्रम गर्दा भोग्ने पिडा र दुख बिस्व भरका हरेक नेपालीहरुले जान्न जरुरी रहेको र आफ्नो चलचित्रले यो कुराहरु सबै माझ प्रस्ट पर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | उनले भने यो चलचित्र नेपालीहरुको लागि बिदेशी भूमिमा रहेका प्रत्येक परदेशीको तर्फबाट कोसेली हो | चलचित्र निकै नै राम्रो बनेको र चलचित्रको कथा बस्तुले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजनको साथमा गहकिलो संदेश समेत दिने कुरा पनि उनले बताएका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: