Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अन्तत फिल्म “ऐ दिल है मुश्किल” अब प्रदर्शन हुने भएको छ | उरी हमलाको कारण केहि समय अगाडी देखि बिरोधमा परेको फिल्म अब भने प्रदर्शन हुने पक्का भएको छ | फिल्ममा पाकिस्तानी कलाकारको पनि मुख्य भूमिका रहेको हुनाले बिरोध गर्दै राज ठाकरेले फिल्म प्रदर्शन गरे तोडफोड गर्ने धम्कि दिएका थिए | तर अहिले अन्तिममा आएर राज ठाकरे संग फिल्मका प्रोड्युसरले सहमति गरे पछि फिल्म प्रदर्शनी हुने पक्का पक्कि भएको छ | प्राप्त जानकारी अनुसार राज ठाकरेले माग गरेको ३ मुख्य बुदामा सहमति भएपछि फिल्म प्रदर्शनीको अनुमति मिलेको हो |
ae-dil-hai-muskil
फिल्म हलमा चल्नु अगाडी उरी हमलाको शहीदलाई श्रद्धांजलि दिने , प्रोड्युसरले सेना फंडमा ५-५ करोड जम्मा गराउनु पर्ने र अब आइन्दा कुनै पनि पाकिस्तानी कलाकार , टेक्निसियन र संगीतकार तथा गायक गायिका बलिउड फिल्ममा प्रयोग नगर्ने जस्ता ३ मुख्य बुदामा फिल्मका प्रोड्युसरले सहमति गरे पछि फिल्म प्रदर्शनीको अनुमति प्राप्त भएको हो | फिल्मा रणवीर कपुर , अनुष्का शर्मा , ऐश्वर्या राय र पाकिस्तानी कलाकार फवाद खान मुख्य भूमिकामा रहेका छन् | त्यस्तै फिल्मका लेखन तथा निर्देशन करण जोहरले गरेका छन् |
फिल्म २८ अक्टुबर देखि प्रदर्शन हुदैछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: