मनोरंजनसंसार डटकम
बलिउड सुपरस्टार सलमान खानले आफ्नो आउने लागेको फिल्म “ट्यूबलाइट” को मनाली शेड्यूल पूरा गरेका छन् | फिल्म का निर्देशक कबीर खानले सलमानको ब्लैक एंड व्हाइट तस्वीर शेयर गर्दै मनाली शेड्यूल पूरा भएको जानकारी दिएका हुन् | “ट्यूबलाइट” २०१७ को ईदमा रिलिज हुनेछ | फिल्ममा सलमानका भाई सोहेल खान पनि मुख्य भूमिकामा रहेका छन् |
निर्देशक कबीर खानको साथमा सलमानको यो तेस्रो फिल्म हो | सलमानले यो भन्दा अगाडी उनि संग “एक था टाइगर” र “बजरंगी भाईजान” मा काम गरिसकेका छन् |
