मनोरंजनसंसार डटकम
अहिले नेपालीहरुको महान चाड बडा दशैं सबैको घर आगनमा आइपुगिसकेको छ | सबैले रमाइलो रमझममा दशैं मनाउने गर्दछन् | यो दौरानमा गीत संगीतले पनि निकै ठुलो भूमिका खेल्दछ | यसैका कारण अहिले बजारमा थुप्रै दशैं तिहारको गीतहरु सार्वजनिक भएका छन् | अहिले नेपाली गीत संगीत क्षत्रले निकै तिब्र रुपमा प्रगति तर्फ पाईला अग्रसर पारिरहेका बेलामा कलाकारहरुले पनि निकै नै मेहेनत गरिरहेका छन् | अहिले माहोल अनुसारको गीतहरुको निर्माण हुने क्रम बढ्दो छ | त्यस हिसाबले कलाकारहरुले पनि दर्शक श्रोताहरुको टेस्टलाई बुझेर र अहिलेको तत्कालिन परिस्थितिलाई मध्ये नजर गर्दै गीत संगीत निर्माण गर्ने गरेका छन् | यसै बिचमा अहिले गायक शिव थापा मगरले आफ्नो नया गीत दशैं आयो सार्वजनिक गरेका छन् | उनको शब्द संगीत र कम्पोजमा तयार भएको गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ |
धेरै लामो समय देखि यस नेपाली गीत संगीत क्षत्रमा आबद्ध रहेर दर्शकहरुलाई राम्रो राम्रो गीत संगीत प्रस्तुत गर्दै आएका उनले अहिले सार्वजनिक गीत समस्त नेपाली दर्शक श्रोताहरुलाई आफ्नो तर्फबाट दशैंको कोसेली रहेको कुरा समेत बताएका छन् | निकै नै सरल र सिधा स्वभाबका उनि अहिले सबै माझ चर्चामा रहेका छन् | उनले अहिले सम्म धेरै गीतहरु दर्शकहरु माझ प्रस्तुत गरिसकेका छन् | उनि नेपाली गीत संगीत क्षत्रको एक सक्रिय व्यक्ति पनि हुन् | नेपाल मेरो देश हो र मेरो देशको आफ्नो पन र कला संस्कृतिलाई जगेर्ना गरेर सहि ढंगले अगाडी बढाउनु नै मेरो कर्तव्य हो भन्ने विश्वास उनि राख्दछन् | उनले आफ्नो पहिलो प्रथामितामा नेपाली गीत संगीत रहेको कुरा समेत उल्लेख गरेका छन् | आफु जहाँ रहे पनि सधैब नेपाली गीत संगीतमा निरन्तर रुपमा लागिरहने र नेपाली दर्शक श्रोताहरुलाई राम्रो र उत्कृष्ट प्रस्तुति प्रदान गर्ने कोसिस गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
त्यसै गरि उहाले देशमा तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली दर्शकहरुलाई जहाँ रहे पनि नेपाली गीत संगीत सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ | त्यस्तै उहाले बिस्वको जुन सुकै कुनामा रहनु भएका समस्त नेपाली दर्शकहरुलाई नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ |
हेर्नुस गीत :
