Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
कार्तिक १२ गते प्रदर्शन मिति ताकेर अहिले प्रोमोशनमा तिब्र रुपमा लागिपरेको चलचित्र “उमंग” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | परदेशीको कथामा केन्द्रित भएर तयार गरिएको चलचित्रको यस गीतमा समेत परदेश जादा र परिवार संग छुट्टिदा को नमिठो व्यथाको चित्रण गरिएको छ | शिव शर्माको निर्देशनमा तयार भएको चलचित्र “उमंग” का निर्माता कुमार बिसी रहेका छन् | चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा संगीतको साथमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन समावेश रहेको छ |
umanga
परदेशीको कथा बोकेर सत्य घटनामा आधारित रहेर तयार गरिएको चलचित्र “उमङ्ग” लाई “द फर्स्ट नेपाली मेडिया असनेपालन्युज” को प्रस्तुतिमा अक्टोबर १५ , शनिवार ११ :३० मा अस्ट्रेलियाको हुर्स्टविलले स्थित सिविक थिएटरमा प्रदर्शन गरिंदै छ। टिकट दर ३० राखिएको सो चलचित्र हेर्दा नेपालको झन्डा , लालि गुरांस , हिमाल अङ्कित टोपी समेत निशुल्क उपलब्ध हुने आयोजकले जनाएका छन्। सो चलचित्रका लागि अग्रिम टिकट लिन , चलचित्र प्रदर्शन आयोजक असनेपालन्युजमा 0434570379 विदुर सापकोटा 0412478312 , महेश्वर शर्मा 0425800382 लाई सम्पर्क गर्न सकिने छ । ६० वर्ष माथिका नेपाली बा -आमा र १० वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क गरिएको सो चलचित्र प्रदर्शनी नेपालका असहाय बालबालिकाहरु (शिशु नेपाल ) का सहयोगका लागि देखाउन लागिएको हो । चलचित्र प्रदर्शनीको मुनाफा बालबालिकाको सहयोगमा जाने भएकाले सबैको उपस्थिती नै सहयोग बन्ने हुदा आयोजकहरूले सम्पूर्ण त्यहाँ रहुनु भएका नेपाली दर्शकहरुसंग चलचित्र हेर्न आइदिनुहुनको लागि अनुरोध समेत गरेका छन् |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: