Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा मात्र नभएर नेपाल बाहिर पनि सारा नेपालीमा खुसि छाएको छ किन भने यो बेला हो नेपालीहरुको महान चाड दशैंको | मिठो खाने राम्रो लाउने र साथी संगी आफन्त संगको भेटघाट यो बेला निकै रमाइलो हुने गर्दछ | त्यसै गरि यो बेलामा गीत संगीतको पनि निकै ठुलो भूमिका हुने गर्दछ | चारैतिर सुमधुर गीत गुञ्जिरहेको हुन्छ र मनमा एक किसिमको आनन्दको आभाष समेत हुने गर्दछ | अहिले नेपाली गीत संगीतले नया दिशा तर्फ बाटो मोडिरहेको अवस्थामा धेरै कलाकारहरुले नया नया प्रस्तुतिहरु बाहिर सार्वजनिक गरिरहनु भएको पनि छ | यहि सेरोफेरोमा दशैंलाई लक्षित गरेर गायक सुसन साम्सोहाङ लिम्बुले पनि आफ्नो नया “दशैं तिहार रमाइलो” बोलको गीत सार्वजनिक गर्नुभएको छ | ओम प्रकाश राईको शब्द संगीतमा तयार भएको गीतलाई गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो सुमधुर स्वरमा निकै नै सुन्दर तरिकाले सजाएका छन् | गीतको म्युजिक भिडियो पनि अत्ति नै सुन्दर बनेको छ | अजय रेग्मीको छायांकनमा गीतको म्युजिक भिडियोलाई देव नेपालले निर्देशन गरेका छन् |गीतको म्युजिक भिडियोमा कलाकार ग्रिष्म आङ्गबुहाङ्ग लिम्बु र अनु कार्कीले निकै नै राम्रो अभिनय प्रस्तुत गरेका छन् |
susan-samsohang-limbu
susan-samsohang-limbu
यो खुसीको बेला नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैंको अवसरमा आफ्नो तर्फबाट यो नेपाली सम्पूर्ण दर्शकहरुलाई कोसेली रहेको कुरा उहाले बताउनु भएको छ | लामो समय देखिको यात्रामा उहाले नेपाली गीत संगीत क्षत्रमा आफ्नो थुप्रै प्रस्तुति दिइसक्नु भएको छ | केहि समय अगाडी मात्र उहाले आफ्नो नया सोल्टिनी नामक एल्बमको बिमोचन गर्नु भएको थियो | उक्त एल्बममा समावेश सोल्टिनी बोलको गीत अहिले युटुबमा निकै चर्चामा समेत रहेको छ | खुला मन र सरल ब्यक्तिवोका धनि उनि आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीत रहेको बताउछन् |
susan-samsohang-limbu
susan-samsohang-limbu
आफु सधैब यस क्षत्रमा निरन्तर लागिरहने र नेपाली दर्शकहरुलाई राम्रो राम्रो प्रस्तुतिहरु दिने प्रयास गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नु भएको छ | त्यसै गरि उहाले सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका नेपालीहरुलाई नेपाली गीत संगीतलाई सुनेर हेरेर सम्मान गरि त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध समेत गर्नुभएको छ | त्यस्तै उहाले बिजय दशमीको उपलक्षेमा सम्पूर्ण नेपालीहरुलाई आफ्नो तर्फबाट हृदय देखि नै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: