Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
बुधबार राजधानीमा एक कार्यक्रम बीच बरिष्ट गायिका मिरा राणाले आफ्नो “गीत” र “श्री राम भनेर” नामक दुईवटा एल्बम एकैपटक सार्वजनिक गर्नुभएको छ | उहाको यो दुवै एल्बमलाई म्युजिक नेपालले प्रस्तुत गरेको छ | सार्वजनिक दुवै एल्बममा ७-७ वटा गीतहरु समावेश रहेको छ | सुमधुर स्वरको धनि र आफ्नो सारा जीवन नेपाली गीत संगीत क्षत्रमा ब्यक्तित गर्नुभएको उहाले यसै अवसरमा आफ्नो ६४ औ जन्म दिन समेत मनाउनु भएको छ | कार्यक्रममा सबैको अगाडी उहाले केक काटेर जन्म दिन मनाउनु भएको हो | आयोजित कार्यक्रममा उच्च मनानिये व्यक्तिहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो | उनले कार्यक्रम एल्बममा समावेश ३ वटा गीत गाएर सबैलाई सुनाउनु भएको थियो | कार्यक्रममा चलचित्र क्ष त्रका पनि निकै नै चिरपरिचित अनुहारहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा उपस्थित सबैले उहालाई जन्म दिनको शुभकामनाको साथमा एल्बमको लागि धेरै धेरै बधाई समेत ज्ञापन गर्नुभएको थियो |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
नेपाली गीत सांगीतिक क्षत्रमा उहाको योगदान निकै नै अपरिहार्य रहेको छ | उहाको व्यक्तित्वको सबैले सम्मान र प्रशंसा गर्दछन् | उहाको बारेमा बोल्दै सबैले कार्यक्रममा उहा नेपाली गीत संगीत आकाशको नक्षत्र रहेको र उहाको स्थान सधैब माथि रहने कुरा बताउनु भएको थियो | आफुले अहिले सम्म धेरै गीतहरुमा स्वर दिइसकेको र अब चाही आफुले नै आफ्नो तर्फबाट दर्शकहरुलाई केहि दिने समय आएको हुनाले यो प्रयासलाई सबैले स्वीकार गरिदिनु हुनेछ भनि विश्वास राखेको कुरा गायिका मिरा राणाले उल्लेख गर्नुभएको छ | आफ्नो जीवनको अन्तिम समय सम्म पनि आफु नेपाली गीत सांगीतिक क्षत्रको लागि निरन्तर रुपमा लागिरहने र यसको जगेर्नाको लागि सधैब कोसिस गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यसै गरि उहाले सबैलाई बडा दशैं र दिपावलीको हार्दिक मंगलमय शुभकामना समेत ब्यक्त गर्नुभएको छ |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: