मनोरंजनसंसार डटकम
अहिले नेपालीहरुको महान चाड बडा दशैं सबैको घर आगनमा आइसकेको छ | अहिले सबैतिर खुसि छाइरहेको छ | यो बिचमा गीत संगीतको माहोल पनि निकै बेजोड बन्दै गईरहेको छ | अहिले दशैंलाई नै लक्षित गरेर धेरै गीतहरु थुप्रै कलाकारहरुले सार्वजनिक गर्नुभएको छ | तर यो अवस्थामा देशका भन्दा देश बाहिर रहनु भएका हाम्रा नेपाली कलाकारहरु अहिले नेपाली गीत संगीत प्रति निकै अग्रसर हुनुहुन्छ | यस्तै नेपाली गीत संगीतमा केहि गर्छु भनेर निकै मेहेनतका साथमा लागिपर्नु भएको छ रचनाकार गोविन्द गौतम | हालसालको बसाई अमेरिका रहे पनि नेपाली गीत संगीत प्रतिको उहाको लगाव भने निकै माथिको रहेको छ | उहा त्यहाँ बिदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतको विकास र प्रबर्धनको लागि निरन्तर रुपले अगाडी बढिरहनु भएको छ | यसै बिचमा उहाले बिजया दशमीको पावन अवसरमा नेपाली सम्पूर्ण दर्शकहरुको लागि “दशैं आयो” बोलको गीत लिएर आउनु भएको छ | नेपाली पन र नेपाली कला संस्कृतिको कुराहरुको मिश्रण राखेर उहाले नै रचना गरेको उक्त गीतमा संगीत विकास चौधरीले दिनुभएको छ भने गायक प्रमोद खरेल र गायिका मेलिना राईले आफ्नो सुमधुर स्वरमा गीतलाई सजाउनु भएको छ | गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ जसमा पुष्प र केकी अधिकारीले निकै सुन्दर अभिनय गरेका छन् |
आफ्नो धेरै लामो समयको नेपाली गीत संगीत प्रतिको लगाव हुदा हुदै पनि केहि कारण बस आफु यो क्षत्रबाट केहि टाढा रहनु परेको बिडम्बना उहा सुनाउनु हुन्छ | अहिले धेरै बर्ष पछिको साधना र मेहेनत पश्च्यात आफुले यो क्षत्रमा पाईला राखेको कुरा उहाले बताउनु भएको छ | सबै खालका गीतको रचना गर्ने सक्ने अब्बल खुबी भएको उहाको मन पर्ने विधा भने गजल र आधुनिक रहेको कुरा उहाले उल्लेख गर्नु भएको छ | त्यस्तै अब केहि समय भित्रमा नै उहाको नया एल्बम सार्वजनिक हुने तयारीमा रहेको कुरा समेत उहाले खुलासा गर्नु भएको छ | उहाको आउने एल्बममा ६ वटा गीत समावेश रहने र सबैले उहाको रचनाहरुलाई मनपराईदिनु हुनेछ भन्ने विश्वास उहाले ब्यक्त गर्नु भएको छ |
आफु बिदेशी भूमिमा रहे पनि आफ्नो भाषा र कला संस्कृति कहिले पनि नबिर्सिने र सधै आफ्नो रिति रिवाजको जगेर्ना गर्ने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यस्तै उहाले आफुले यस क्षत्रमा पाईला चालिसकेको र यो पाईला अब कहिले पनि नरुक्ने र निरन्तर रुपमा अगाडी बढ्ने कुरा समेत उहाले बताउनु भएको छ | आफुले सधैब नेपाली दर्शकहरुले खोजेको र रोजेको कुराहरु प्रस्तुत गर्ने कोसिस गर्ने कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | त्यसै गरि उहाले जहाँ रहे पनि नेपाली गीत संगीतलाई सुनेर हेरेर सम्मान गरि त्यहाँ भित्र रहेका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि आफु जस्तो कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन सम्पूर्ण नेपाली दर्शकहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ | त्यस्तै उहाले देशमा तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई बडा दशैंको हृदय देखि नै हार्दिक मंगलमय शुभकामना समेत दिनुभएको छ |
हेर्नुस गीत :
दशैंको शुभकामनाको साथमा रचनाकार गोविन्द गौतमको “दशैं आयो” सार्वजनिक
