Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपालमा समेत हरेक कुराको बृधि विकास हुन थालेको छ | यहि क्रममा नेपाली गीत सांगीतिक क्षत्रको विकासमा समेत अब नया आयामहरु थपिदै छन् | धेरै नया कलाकारहरुको आगमन भैसकेको छ भने अझै हुने क्रम बढ्दो पनि छ | अहिलेको नया कलाकारहरुमा अधिक जोश जागर तथा भिन्न सोचको साथमा केहि गर्छु भन्ने भावना समेत रहेको छ | यस्तै किसिमको जोश र नया सोचको साथमा दर्शकहरुलाई केहि राम्रो कुरा प्रस्तुत गर्न अग्रसर हुदैछन् गायक नवराज राई | उनको भर्खरै मात्र “हारै हार भयो” बोलको नया गीत युटुब मार्फत सार्वजनिक भएको छ | मित्रजित राईको शब्द र प्रदीप श्रेष्ठको अरेन्जमा तयार भएको गीतमा स्वर संगीत स्वयम गायक नवराज राईले दिएका छन् | उक्त गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ जसलाई राकेश किरातीले निर्देशन गर्नुभएको छ | उनको यस गीतमा माया प्रेम र अहिलेको युवा पुस्ताको अवस्थाको बारे निकै सरल र सहज हिसाबमा चित्रण गर्न खोजिएको छ |
nabaraj-rai
nabaraj-rai
उपत्यका बाहिर रहेको सुन्दर नगरी खोटाङ्गमा जन्मेका गायक नवराज राईको आफ्नै विशेषता रहेको छ | सानो देखिको गीत संगीत प्रतिको लगाव र इच्छा त्यसपछिको आफ्नो मेहेनत र साधनले आज उनि यो स्थान सम्म आइपुगेका छन् | उनको पहिलो प्रयासलाई दर्शकहरुले मन पनि पराई रहनु भएको छ | उनि अहिले नेपाल बाहिर रहेका छन् तर पनि नेपाली गीत सांगीतिक क्षत्रमा आबद्ध छन् | आफु निरन्तर यस क्षत्रमा लाग्ने र नेपाली दर्शकहरुलाई नया नया प्रस्तुति दिने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: