Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र “गाठो” ले आफ्नो प्रचार प्रसार निकै तिब्र बनाउदै लागिरहेको छ | चलचित्र टिमले अहिले अधिकांश कलेजहरुमा प्रतक्ष रुपमा गएर प्रतिकृया आदान प्रदान काम गरिरहेको छ | चलचित्र टिमले चलचित्रको बारेमा केहि विचार बिमर्श समेत गर्ने गरेको छ | अहिले युवा पुस्तालाई लक्षित गरेर बनाइएको चलचित्र “गाठो” को सबै नेपाली दर्शकहरुलाई पर्खाई समेत रहेको छ | बट वाल इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको चलचित्र “गाठो” लाई निर्देशक सुरज भुसालले लेखन तथा निर्देशन गरेका छन् | उनले दर्शक माझ “मौन” र “होस्टेल रिट्रन्स” जस्ता सफल चलचित्र प्रस्तुत गरिसकेका छन् | उनको यो तेस्रो चलचित्र हो र उनले यस चलचित्रबाट समेत निकै अपेक्षा राखेका छन् |
gaatho
gaatho
gaatho
चलचित्रका निर्माता तिलक बहादुर क्षत्री र सुरज भुसाल रहेका छन् | चलचित्रमा अनुपम शर्मा शब्द संगीत र स्वर समावेश रहेको छ | चलचित्रमा नाजिर हुसेन , अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको सार्वजनिक ट्रेलर र गीतले औधि सफलता हात पारिसकेको छ | चलचित्रले सस्पेन्स कथा बाधेको ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ | चलचित्रले निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्देशक सुरज भुसालले ब्यक्त गरेका छन् | चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ | चलचित्र यहि आउदो भाद्र ३१ गते शुक्रबारबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउदै छ |
gaatho
gaatho
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

कलेज कलेजमा फुक्दैछ “गाठो” , पर्दामा फुक्ने मिति भाद्र ३१

Leave a Reply

%d bloggers like this: