Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत सांगीतिक बजारमा एक पछि अर्को गीतहरुको आगमन निकै तिब्र हुन थालेको छ | रचनाकार देखि गायक सम्म सबैले सके सम्म आफुले नया प्रस्तुति दर्शकहरु माझ राख्ने कोसिस गरिरहेका छन् | यस्तै एक गायक हुन् नितिन गजुरेल | नेपालको सुन्दर नगरी धरानबाट यस क्षत्रमा उदाएका उनि अहिले आफ्नो नया गीतको तयारीमा जुटेका छन् | केहि समय अगाडी मात्र उनको “झुक्याएरै किन होला” बोलको गीत दर्शक माझ सार्वजनिक भैसकेको छ | नीर भिमको शब्द र मनिष प्रसाईको संगीतमा तयार भएको गीतमा गायक नितिन गजुरेलले आफ्नो सुमधुर स्वर भरेका छन् | गीत संगै गीतको म्युजिक भिडियो पनि निकै राम्रो तयार भएको छ | सुमित नेपालको छायांकन गरेको म्युजिक भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका छन् |
nitin-gajurel
लामो समय देखि नेपाली गीत संगीतमा आबद्ध रहेका उनि अहिले भने नया पुस्ता अनुसारको प्रस्तुति तर्फ उन्मुख भैरहेका छन् | आफ्नो अनुभव र साधनको स्वरुप अहिले उनि नया प्रस्तुतिहरु लिएर आउने जमर्को गर्दैछन् | उपत्यका बाहिर रहेर पनि उनि यस क्षत्रमा निकै नै सक्रिय देखिनछन् | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकता रहेको र यसको बृधि विकासको लागि आफ्नो प्रयास निरन्तर रहने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: