मनोरंजनसंसार डटकम
निर्देशक दिपक ओलीको निर्देशनको बन्न लागेको चलचित्र “कुम्भकरण” को सुभ साईत गरिएको छ | प्युठानको स्वर्गद्वारी मन्दिरमा चलचित्रको सुभ साईत गरिएको हो | कार्यक्रममा सबैको उपस्थिति रहयो तर चलचित्रको नायिका निशा अधिकारीको भने देखिएनन् | आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा गौरव पहारी , निशा अधिकारी , भोलाराज सापकोटा लगायतको कलाकारहरुको मुख्य अभिनय रहेको छ |
फिल्मका प्रस्तुतकर्ता आकाश पल हुन भने क्षितिज बस्नेतले लगानीमा साझेदारी गरेका छन् । चलचित्रमा हरि लामाको छायांकन रहने छ |
