मनोरंजनसंसार डटकम
बलिउड सुपर स्टार सलमान खान आफ्नो आउने फिल्म “ट्युबलाइट” को सुटिङ्गको लागि मनाली पुगिसकेका छन् | सलमान खान मुम्बईबाट मनाली गएका हुन् | प्राप्त जानकारी अनुसार त्यहाँ कुल्लु मनालीको सुन्दर बातावरण र दृश्यको बिचमा करिब २ महिना उनको यस फिल्मको सुटिङ्ग हुनेछ | सुटिङ्गको पुरा तयारीको साथमा सलमान सहित फिल्म युनिट कुल्लु मनाली पुगिसकेका छन् |
फिल्मको पहिलो चरणको सुटिङ्ग लद्दाकमा भैसकेको छ | अब हेर्न यो बाकी छ कि जुन हिसाबले सुटिङ्गको क्रममा उनको गर्ल फ्रेन्ड युलिया वंतुर उनि संगै लद्दाक सेटमा देखिएका थिए के मनालीमा पनि युलिया सलमानलाई कम्पनी दिन पुग्नेछिन् | जानकारीको अनुसार युलिया लद्दाकमा एक डकुमेनट्रीको सुटिङ्ग गएकी थिइन् र सलमानले उनलाई त्यहाँ मदत गरेकी थिए