Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३१ गतेबाट एकसाथ देशभरका हलहरुबाट प्रदर्शनमा आउन लागेको चलचित्र “गाठो” ले आफ्नो प्रचार प्रसार निकै नै तिब्र पार्दै लगिरहेको छ | सुरज भुसाल द्वारा निर्देशित चलचित्रमा नाजिर हुसेन , अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | “मौन” र “होस्टेल रिट्रनस” जस्ता सर्भादिक चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका निर्देशक सुरज भुसालको यो तेस्रो चलचित्र हो |
gaatho
gaatho
अहिले “गाठो” निर्माण टिमले आफ्नो प्रचार प्रसार निकै अग्रसर हिसाबमा अगाडी बढाईरहेको छ | अहिले “गाठो” टिम अधिकांश कलेजहरुमा प्रोमोशनको लागि पुगिरहेको छ | चलचित्रले योङ्ग जेनेरेशनको कथालाई समेत बढेको हुनाले निर्माण टिम प्राय कलेजहरुमा गएर भलाकुसारी गर्दै प्रतिक्रया बटुली प्रोमोशन तिब्र पारिरहेको छ | प्रोमोशनकै सिलसिलामा चलचित्र टिमले केहि समय अगाडी चितवन लगाएतका सहरहरुमा मोटरसाइकल र्याली समेत गरेको थियो |
gaatho
gaatho
चलचित्रले अहिलेको युवा पुस्ताको कथा बस्तुलाई बोकेको र सम्पूर्ण दर्शकहरुलाई मनोरंजन प्रदान गर्दै निकै नै राम्रो संदेश समेत प्रस्तुत गर्ने विश्वास निर्देशक सुरज भुसालले बताउनु भएको छ | पछिल्लो समय अधिक सफल चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका उनले यस चलचित्रबाट पनि आफुलाई निकै आशा रहेको कुरा स्पस्ट पारेका छन् | उनको पछिल्लो चलचित्रको सफलताको हिसाबमा यस चलचित्रले पनि निकै नै राम्रो छाप दर्शक माझ छोड्ने कुरामा कुनै दुइमत भने छैन | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुले यस चलचित्रबाट भरपुर मनोरंजन लिनु हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
gaatho
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: