Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
भाद्र ३१ गते प्रदर्शन मिति तोकेको चलचित्र “गाठो” ले आफ्नो प्रचार प्रसार तिब्र पार्दै लगिरहेको छ | बट वाल इन्टरटेनमेन्टको ब्यानरमा सुरज भुसालको प्रस्तुति रहेको चलचित्रमा नाजिर हुसेन , अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रले आफ्नो पहिलो ट्रेलर र अडियो समेत सार्वजनिक गरिसकेको छ | प्रस्तुत ट्रेलर र अडियो गीत अहिले सबैतिर लोकप्रिय भैरहेको छ | चलचित्रका निर्देशक सुरज भुसाल हुन् भने निर्माता स्वयम सुरज भुसाल र तिलक बहादुर क्षत्री हुन् | दर्शक माझ “मौन” र “होस्टेल रिट्रनस” जस्ता सफल चलचित्र प्रस्तुत गरिसकेका उनको यो तेस्रो चलचित्र हो | निकै नै सस्पेन्स कथामा तयार गरिएको चलचित्रको ट्रेलरले समेत निकै कुराको आभास गराउदछ |
gaatho
चलचित्रको अहिले सबै तिर चर्चा परिचर्चा भैरहेको छ | चलचित्रले सबै जसो ठाउमा पुगेर दर्शकहरु संग प्रतक्ष भेट गरि भलाकुसारी समेत गरिरहेको छ | चलचित्र निकै नै राम्रो बनेको र यसले दर्शकहरुको मन जित्ने विश्वास निर्देशक सुरज भुसालले ब्यक्त गर्नुभएको छ | यसै गरि चलचित्रमा नायक नजिर हुसेन लिड रोलमा देखिदै छन् जसको अहिले चलचित्र वीर विक्रम सफलताको पाईला चालिरहेको छ | चलचित्रमा चित्रकलाको बिषयलाई समेत समावेश गरिएको हुनाले चलचित्र टिमले खुल्ला चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो | अहिलेको युवा पुस्ताको टेस्टलाई थाती राखेर मान्छेको जीवनमा घट्ने घटनाहरुलाई सहि ढंगले सरल रुपमा एउटा सहज कहानीको आकार दिन खोजेको कुरा पनि निर्माण पक्षले बताएको छ | चलचित्रमा अनुपम शर्माको शब्द संगीत रहेको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
OLYMPUS DIGITAL CAMERA
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: